तनहुँ । नव युवा क्लब हाइस्कुलटारको आयोजना भएको दोस्रो नव कपको उपाधी रामथुम्की युवा क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा २-० गोलले अनन्त युवा क्लबलाई पराजित गर्दै रामथुम्की युवा क्लबले उपाधी जितेको हो ।
प्रतियोगिताका प्रथम हुने समुहले १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन ।
रामथुम्की युवा क्लबले केएमसिटि क्लब लाई र अनन्त युवा क्लबले नवयुवा क्लबलाई हराउँदै फाइनलमा पुगेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी रामथुम्कीका सन्दिप थापा, सर्वाधिक गोलकर्ता रामथुम्कीका म्याक्सवयल र अनुशासित टिम हैरान्स क्लब भएका छन ।
युवाहरु बिच मैत्रीपूर्ण वातावरण सिर्जना गर्न र खेलाडीलाई हौसला बढाउन प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष सनम तामाङले बताए । विदेशमा रहेका व्यास-१ का युवाले प्रतियोगिता संचालनका लागि आर्थिक सहयोग गरेको अध्यक्ष तामाङले बताए ।
विजेता र उपविजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्ले, क्लबका अध्यक्ष लगाएतले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार फ्रान्सेली सेनाले प्रायोजन
दोस्रो नव कपको पुरस्कार फ्रान्सेली सेनामा कार्यरत हाइस्कुलटारका युवाहरुले प्रायोजन गरेका थिए ।
दोस्रो नव कप सेभेन ए साईड फुटबल प्रतियोगिताका लागि प्रथम पुरस्कार १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र तथा द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ युवाहरुले प्रायोजन गरेका हुन ।
व्यास नगरपालिका-१ हाईस्कुलटार घर भई हाल फ्रान्सेली सेनामा कार्यरत बोधविक्रम थापा, सङ्गम हमाल, असिम मल्ल र विकास मल्लले उक्त पुरस्कार प्रायोजन गरेका हुन ।
तस्बिर : गोल नेपाल
सम्बन्धित खबर
उदीयमान खेलाडीमा ज्योत्सनिका, दिलासा र बादलको प्रतिस्पर्धा
सिद्ध र कालिका उपाधिका लागि भिड्ने
पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
रन रेटको आधारमा कालिका फाइनलमा : सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने
विश्वकप खेल्ने टीममा नराखेपछि सन्दीपको प्रतिक्रिया: ‘ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्’
छात्रा क्रिकेट जारी : भद्रकाली र अम्मरसिंहको जित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग