ई. राजकिरण छत्कुली, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ईञ्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), गण्डकीको ३९ सदस्यीय प्रदेश कमिटी घोषणा भएको छ ।
ई. विकास वाग्ले अध्यक्ष रहेको प्रादेशिक कमिटी बुधबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो । उपाध्यक्षमा ई. महेन्द्रबहादुर गोदार, सचिवमा ई. सुरेश तिमिल्सिना र कोषाध्यक्षमा ई. सुमन गिरी छन् । सचिवालयमा ई. कुलप्रसाद पौडेल, ई. दीपक थापा, ई. बाबुराम भन्डारी, ई. विष्णु खनाल, ई. मनोज बराल, ई. रामकुमार श्रेष्ठ, ई.सुदीप कोइराला, ई. सुनिल दाहाल र ई. सोजितबहादुर क्षत्री चुनिए ।
सदस्यहरुमा अनिष ढकाल (तनहुँ), अश्मिता खनाल (कास्की), आशीष दनाई, (लमजुङ), आशिष मल्ल (कास्की), ईश्वर भण्डारी (म्याग्दी), किरन न्यौपाने (कास्की), कृष्ण भन्डरी (तनहुँ), ज्योति थापा (कास्की), टीका थापामगर (म्याग्दी), देवेन्द्र पोख्रेल (पर्वत), नारायण तिमिल्सिना (कास्की), नारायण पौडेल (बागलुङ), निशान केसी (पर्वत), प्रकाश काफ्ले (स्याङ्जा), प्रदीप न्यौपाने (तनहुँ), फारमसिंह थापा (कास्की), विप्लव पोख्रेल (कास्की), भगवान कुवँर (लमजुङ), महेन्द्र आचार्य (बाग्लुङ्ग), राजन रानाभाट (गोरखा), राधा गौतम (कास्की), सागर बस्याल (नवलपुर), साधुराम लामिछाने (गोरखा), सुन्दर अधिकारी (कास्की) र हरि केसी (कास्की) रहेका छन् ।
प्रदेशमा निर्वाचित सबै पदाधिकारी, सदस्यहरुलाई नेकपाका गण्डकी सह–इन्चार्ज खगराज अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । सहइन्चार्ज अधिकारीले इञ्जिनियरहरुको उत्साहजनक उपस्थितिले प्रादेशिक एकता बलियो भएको बताए । उनले केन्द्र, प्रदेश र स्थानिय तहसम्म इन्जिनियरको तालमेल र सुमधुर समबन्ध विकास गर्न आग्रह गरे । कार्यक्रमको अध्यक्षता पिन गण्डकी प्रदेश संयोजक खिमानन्द कँडेलले गरेका थिए । कार्यक्रम संचालन पिनका केन्द्रिय सदस्य ई। टेक कटुवालले गरेका थिए । कार्यक्रममा बिशेष अतिथीका रुपमा नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको उपस्थिती थियो ।

जिल्लाका अध्यक्ष र सचिव चुनिए
यसैबीच, गण्डकी प्रदेश अन्तर्गतका ११ मध्ये नौ जिल्लाका अध्यक्ष र सचिव समेत चयन गरिएको छ । हिमाली दुई जिल्लाहरु मनाङ र मुस्ताङ बाँकी छ । यसको जिम्मा सचिवालयलाई दिइएको छ ।
जिल्ला अध्यक्षहरुमा कास्कीमा ध्रुबराज भट्टराई, गोरखामा राजेश अधिकारी, बागलुङमा बिमल आचार्य, पर्वतमा रमेश जोशी, लमजुङमा मदन शर्मा, तनहुँमा विष्णुराज पान्डे, म्याग्दीमा कृष्ण रिजाल, नवलपुरमा शशिधर भुजेल र स्याङ्जामा टीकाराम रेग्मी चयन भएका छन् ।
जिल्ला सचिवमा कास्कीमा आनन्द भट्टराई, गोरखामा रबिन कट्टेल, बागलुङमा भुवन पौडेल, पर्वतमा सम्राट पौडेल, लमजुङमा रामकृष्ण घिमिरे, तनहुँमा दीपक कुवँर, म्याग्दीमा अञ्जन खत्री, नवलपुरमा सुरेश पौडेल र स्याङ्जामा टेक खड्कालाई चयन गरिएको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्