झापा-११ पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाका हेमन्त थापा मगर, मौषम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सन्जित राईले गोल गरे । एपीएफका नविन लामा, राजिब लोप्चन र राजु नगरकोटीले गोल गरे । तर, सुदिप शिख्राकारको प्रहार झापाका किपर राजकुमार लिम्बुले बचाए ।
यस अघि खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सुनिल खड्काले गोल गर्दै झापालाई १-० को अग्रता दिलाए । तर, खेल सकिन केहि समय बाँकी रहदा आकाश बुढा मगरले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरी फर्काएका थिए ।
त्यसअघि, खेलमा एपीएफ पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ५३ औं मिनेटमा एपीएफका नबिन लामा पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार झापाका राजकुमार लिम्बुले उत्कृष्ट बचाउ गरे । पेनाल्टी क्षेत्रमा राजकुमारले नै विपक्षी खेलाडीलाई फउल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो ।
अब झापाले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
पुलिसलाई आयोजकको चुनौती
पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको पहिलो क्वाटरफाइनल खेल आज (शनिबार) हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो क्वाटरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र आयोजक सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र सहाराबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न चाहन्छ ।विजेताले सेमिफाइनलमा थ्री स्टार र गान्तोक सिटी भारतबीचको विजेतासँग खेल्नेछ ।
पुलिस बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यस्तै सहाराले ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो