झापा-११ पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाका हेमन्त थापा मगर, मौषम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सन्जित राईले गोल गरे । एपीएफका नविन लामा, राजिब लोप्चन र राजु नगरकोटीले गोल गरे । तर, सुदिप शिख्राकारको प्रहार झापाका किपर राजकुमार लिम्बुले बचाए ।
यस अघि खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सुनिल खड्काले गोल गर्दै झापालाई १-० को अग्रता दिलाए । तर, खेल सकिन केहि समय बाँकी रहदा आकाश बुढा मगरले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरी फर्काएका थिए ।
त्यसअघि, खेलमा एपीएफ पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ५३ औं मिनेटमा एपीएफका नबिन लामा पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार झापाका राजकुमार लिम्बुले उत्कृष्ट बचाउ गरे । पेनाल्टी क्षेत्रमा राजकुमारले नै विपक्षी खेलाडीलाई फउल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो ।
अब झापाले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
पुलिसलाई आयोजकको चुनौती
पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको पहिलो क्वाटरफाइनल खेल आज (शनिबार) हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो क्वाटरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र आयोजक सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र सहाराबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न चाहन्छ ।विजेताले सेमिफाइनलमा थ्री स्टार र गान्तोक सिटी भारतबीचको विजेतासँग खेल्नेछ ।
पुलिस बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यस्तै सहाराले ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
रन रेटको आधारमा कालिका फाइनलमा : सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने
विश्वकप खेल्ने टीममा नराखेपछि सन्दीपको प्रतिक्रिया: ‘ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्’
छात्रा क्रिकेट जारी : भद्रकाली र अम्मरसिंहको जित
रियाको पहिलो शतक : कालिका र सिद्ध विजयी
वैशाख २२ गते पोखरा ७ मा दौड प्रतियोगिता हुँदै, तयारी तिव्र
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग