पोखरा। मिस नेपाल २०२० को पोखरा अडिसन फागुन २९ गते साँझ ५ बजे वाटरफ्रन्ट रिसोर्टमा ‘वरिएन्टेसन क्लास’ हुने भएको छ । अनलाइन र प्रत्यक्ष रुपमा फारम भनेका प्रतियोगीहरुका लागि वरिएन्टेसन क्लास चैत्र ३० गते पूर्वाह्न ११ बजे अडिसन हुने हिडेन ट्रेजरका निर्देशक दिवाकरराज कर्णिकारले बताए ।
मिस नेपाल २०२० छान्न हिडेन ट्रेजर टोली पोखरा आइपुगेको छ छ । मिस नेपाल केही गर्न चाहने युवतीहरुका लागि सही प्लेटफर्म भएकाले पनि यस कार्यक्रममा सहभागी हुन पोखरेली युवतीहरुलाई आयोजकको आग्रह छ ।
देशै भरीका प्रतिभालाई उजागर गर्नका लागि यसपालि नेपालका ८ वटा सहरहरुमा अडिसन गरिने आयोजकले जनाए । जसअनुसार काठमाडौँ, पोखरा, धरान, चितवन, बुटवल, वीरगञ्ज, बिर्तामोड, धनगढीका अडिसन हुनेछ । अडिसनबाट छानिएका युवतीहरुलाई काठमाडौँमा ६ हप्ता तालिम प्रदान गरी फाइनल प्रतिष्पर्धामा उतारिनेछ ।
अडिसनमा सहभागी हुन रजिष्ट्रेशन फि जम्मा दूई हजार लाग्नेछ । छनोट भएपश्चात मिस नेपालको अवधिभर लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोर्ने भएकाले जस्तोसुकै आर्थिक अवस्थाका प्रतियोगीलाई सहज हुने आयोजकले बताए ।
कुनै सङ्कोच नमानी अडिसनमा भाग लिन आग्रह आयोजकको आग्रह छ । यस वर्ष पुरुसकार राशी दुई लाख ५० हजार रुपैयाँ सहित त्रैमासिक भत्ता समेत पुरस्कारको रुपमा प्रदान गरिनेछ ।
मिस नेपालमा सहभागिताका लागि प्लस टु उत्तीर्ण, १८ देखि २६ वर्ष ननाघेका र ५ फिट ४ इन्च उचाइ हुनपर्ने छ । मे १५ तारिख काठमाडौँमा हुने मिस नेपाल प्रतियोगितामा मिस पोखरा, मिस अष्ट्रेलिया, मिस युरोपले अडिसन नदिई सिधै इन्ट्री पाउनेछ । कुटी रिसोर्ट लेकसाइडमा भएको कार्यक्रममा पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले अध्यक्षता र स्वागत जेसिजका महासचिव मीनराज पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो