काठमाडौं । विश्वकै ग्लामरस, चर्चित र स्टार खेलाडीहरुले खेल्ने खेलकुद प्रतियोगिता हो इन्डियन प्रिमियर लिग,आईपीएल । सबै खेलाडीको चाहना कम्तीमा एक पटक भए पनि आईपीएल खेल्ने हुन्छ ।
यस पटक मार्च २९ बाट भारतमा आइपीएलको १३औं संस्करण हुने तय भएको छ । तर अहिले विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को मारमा आईपीएल पनि पर्ने देखिएको छ ।
यही कोरोनाकै कारण आईपीएल तोकिएको समयमा नहुने सम्भावना बढेको छ ।
त्यसमा पनि भारतीय सरकारले अप्रिल १५ सम्म विदेशीलाई भारत प्रवेशका लागि रोक लगाएपछि विदेशी खेलाडीहरु समेत उपलब्ध नहुने भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई स्रोतका अनुसार सरकारको उक्त कदमपछि कुनै पनि विदेशी खेलाडी नआउने जनाएको छ । भारत सरकारले विशेष व्यक्तिहरु बाहेक अन्यलाई अप्रिल १५ सम्म भिसा नदिने जनाएको हो ।
यस्तै महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले पनि आईपीएल स्थगित गर्ने त्यसो नभएमा दर्शकलाई टिभीमा मात्रै सिमित गर्नुपर्ने बताउँदै आएका छन् ।
यस्तै महाराष्ट्र क्याबिनेट बैठकले दर्शकको उपस्थितिलाई रोक्न भन्दै मुम्बईको वाङखडे स्टेडियममा हुने खेलको टिकट नबेच्न निर्देशन दिएको छ ।
बुधबार मात्रै विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनालाई महामारिको रुपमा घोषणा गरेपछि यसको त्रास अझै बढेको छ । त्यसैले पनि यसपटकको आईपीएल पछि सर्ने लगभग निश्चित भएको हो ।
आईपीएलको भविष्य के हुने भन्ने निर्णय शनिबार बस्ने आईपीएल गोभर्निङ काउन्सिलको बैठकले तय गर्नेछ । यस सिजनको आईपीएल मार्च २९ बाट सुरु हुने भएको छ ।
बीसीसीआईले आईपीएल सार्ने वा क्लो डोर खेलाउने भन्नेबारे निर्णय गर्न बाँकी छ र सरकारको निर्देशन कुरेर बसेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ