पोखरा, २८ पुस / पोखरा क्रिकेट क्लबले अन्तर क्लब पीसीसी क्रिकेट कप २०७४ आयोजना गर्ने भएको छ । २३ वर्ष अगाडि स्थापित पुरानो उक्त क्लबले आगामी माघ अन्तिम साता स्थानीय स्तरको अन्तर क्लब प्रतियोगिता आयोजना गर्ने अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिएका छन् ।
पोखराको क्रिकेट विकासमा निरन्तर योगदान दिँदै आएको उक्त क्लब पछिल्लो समय सक्रिय नबनिरहेको गुनासो बढिरहँदा युवा टोलीको नेतृत्वले पुनः आफ्नो शाख जोगाउने ढंगले गतिविधि अघि बढाउने श्रेष्ठले जनाए ।
माघ २३ गतेदेखि २७ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रतियोगितामा कास्कीका बढीमा आठ टीम सहभागी गराउने प्रतियोगिता संयोजक समेत रहेका क्लबका उपाध्यक्ष उत्सव शाक्यले जानकारी दिए । प्रतियोगितामा विजेता र उपविजेतालाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनुका साथै म्यान अफ दि टुर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान र हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए ।
स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटनका साथै भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिईने शाक्यले बताए । उनका अनुसार प्रतियोगिताको तयारी तिब्रताका साथ अघि बढिरहेको छ ।
क्लबले उपाध्यक्ष शाक्यको संयोजकत्वमा प्रशिक्षक समेत रहेका रिजन प्रजु, प्रदीप रावत, गोविन्द प्रधान, चन्द्रबहादुर गुरुङ सदस्य रहेको आयोजक समिति गठन पनि गरेको छ । पोखरा क्रिकेट क्लब २०५१ मा स्थापित पुरानो क्लब हो । २०६० मा धरानमा सम्पन्न दर्शन स्मृति क्रिकेट प्रतियोगिताको उपाधि पिसिसी क्लबले नै जितेको थियो । त्यसपछि भने क्लब सक्रिय बन्न सकेन । अब युवाहरु जागरुकताका साथ लागिपरेकाले सहयोगको अपेक्षा समेत उनीहरुले गरेका छन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान