काठमाडौं – मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रीपरिषद् बैठक डाकेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बस्ने बैठकमा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि चालिएका कदमको कार्यान्वयन पक्ष र सतर्कताका लागि थप निर्णय हुने बुझिएको छ ।कोरोनाको जोखिम न्यूनिकरणका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावस्यकबाहेकका कार्यालय बन्ददेखि अन्तर्राष्ट्रिय हवाई उडान स्थगनसम्मको घोषणा गरेका थिए ।
नेपाल भारत सीमानाकाका बिषयमा दुई देशबीच आपसी समन्वयमा निर्णय गर्ने बताइए पनि सोबारे अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिले अन्य काम गर्दै आए पनि भारतसँगको सीमान नाका बन्द गर्ने कि नगर्ने भनेर ठोस निर्णय गर्न नसकिरहेका बेला मन्त्रीपरिषद् बैठकमार्फत यसबारे पनि निर्णय हुन सक्ने बताइएको छ ।
चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन । यसअघि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुन अघि फागुन १८ गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु