काठमाडौं – मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रीपरिषद् बैठक डाकेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बस्ने बैठकमा कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि चालिएका कदमको कार्यान्वयन पक्ष र सतर्कताका लागि थप निर्णय हुने बुझिएको छ ।कोरोनाको जोखिम न्यूनिकरणका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावस्यकबाहेकका कार्यालय बन्ददेखि अन्तर्राष्ट्रिय हवाई उडान स्थगनसम्मको घोषणा गरेका थिए ।
नेपाल भारत सीमानाकाका बिषयमा दुई देशबीच आपसी समन्वयमा निर्णय गर्ने बताइए पनि सोबारे अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समितिले अन्य काम गर्दै आए पनि भारतसँगको सीमान नाका बन्द गर्ने कि नगर्ने भनेर ठोस निर्णय गर्न नसकिरहेका बेला मन्त्रीपरिषद् बैठकमार्फत यसबारे पनि निर्णय हुन सक्ने बताइएको छ ।
चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन । यसअघि प्रधानमन्त्री ओली अस्पताल भर्ना हुन अघि फागुन १८ गते मन्त्रीपरिषद्को बैठक बसेको थियो ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग