काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
साथै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि आठ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा समग्र संक्रमितको संख्या आठ हजार तीन सय ५६ पुगेको छ ।
भारतको महाराष्ट्रमा सबैभन्दा बढी एक सय २७ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा संक्रमितको संख्या पनि एक हजार सात सय ६१ पुगेको छ । त्यस्तै, मध्यप्रदेशमा ३६, गुजरातमा २२ र दिल्लीमा १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
दिल्लीमा संक्रमितको संख्या एक हजार नाघेको छ । दिल्लीमा एक हजार ६९ संक्रमित पुगेका छन् भने तामिलनाडुमा नौ सय ६९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म भारतमा सात सय १६ जना संक्रमित निको भइसकेका छन् । कोरोना भाइरसको महामारी बढेसँगै भारतले २१ दिनको लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यद्यपि लकडाउन कहिलेसम्म लम्बिने हो भन्ने विषयमा भने आधिकारिक निर्णय आउन बाँकी छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु