मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा राहत वितरण गरेको छ ।
गाउँपालिकामा बिभिन्न जिल्लाबाट आएर ज्यालादारी गरिरहेका मजदुर, श्रमिक, असहाय अशक्त देखि साधुसन्त गरी १ सय ८८ घर परिवारका ५ सय ४० जनालाई राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीबी बरालले बताए ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई संक्रमणलाई फैलिन नदिन नेपाल सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको पछि दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक पिडित बनेका थिए ।
गाउँपालिकाले राहत वितरण गरेर आफुँलाई ठूलो सहयोग भएको देबकुमार सुनारले बताईन् ।
गाउँपालिका भित्र बिभिन्न क्षेत्रमा कार्यरत श्रमिक, मजदुर, असहाय र अशक्त परिवारलाई छनौट गरी राहत वितरण गरिएको र उक्त गाउँपालिमा करिब ५०० श्रमिक तथा मजदुरहरु कार्यरत छन् ।
गण्डकी प्रदेश सरकारबाट प्रत्येक जिल्लाका स्थानीय तहलाई पांच लाख उपलब्ध गराउने निर्णय भएको र बाँकी रकम गाउँपालिकाले बिपद ब्यबस्थापन कोषबाट खर्च गर्ने बरालले बताए ।
बिपन्न परिवारलाई परिवार संख्याको आधारमा खाद्यान्नको ४ वटा प्याकेज बनाई यहि चैत्र २३ गतेदेखि २६ गतेसम्म गाउँ गाउँ मै पुगेर राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गण्डक न्युजलाई जानकारी दिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन