पोखरा । पोखराका केही युवा मिलेर स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण निर्माण गरेका छन् । नेपाल इञ्जिनियरिङ्ग संघ नेपाल गण्डकी प्रदेशको नेतृत्वमा निर्मित स्वचालित उक्त उपकरण पोखरा महानगरपालिकालाई आइतबार हस्तान्तरण गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरा महानगरपालिकालाई स्वचालित स्यानिटाइजर स्प्रे उपकरण हस्तान्तरण गरिएको हो ।
स्यानिटाइजर स्प्रे उपकरण आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ्गको उपस्थितिमा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो। उक्त स्यानिटाइजर मेसिन पोखरा महानगरपालिकाको गेटमा राखिएको छ ।
‘परिक्षण सफल भएपछी मात्रै महानगरलाई हस्तान्तरण गरेको इन्जिनियर सुरेश तिमल्सिनाले जानकारी दिए । उनले भने ‘स्यानिटाइजर टनेल आफूहरुले मानवीय सेवाको दृष्टिले निशुल्क महानगरलाई उपलब्ध गराएका हौ ।’
नेपाल इञ्जिनियरिङ्ग संघ नेपाल गण्डकी प्रदेशमा आवद्ध पोखराका इन्जिनियर र युवाहरुले मिलेर ३ दिन ३ रातमा उक्त उपकरण निर्माण गरेको सुरेश तिमल्सिनाले गण्डकन्युजलाई बताए । उनले भने ‘हामी ८ जना दिनरात काममा खटिएर टनेल निर्माण सकेका हौं।’

उक्त स्यानिटाजर टनेल निर्माण गर्न इन्जिनियर सुरेश तिमिल्सिना, इन्जिनियर सुलभ तिमिल्सिना, इन्जिनियर सुनिल दाहाल, इन्जिनियर टेक कटुवाल, इन्जिनियर विप्लव पोख्रेल, इन्जिनियर धुर्बराज भट्टराई, युवा वैज्ञानिक विकल्प ढुंगाना र वैकुण्ठ अधिकारि लगाएतको संयुक्त प्रास रहेको थियो ।
‘टनेलले स्वचालित रूपमा काम गर्छ ।’ तिमल्सिनाले भने ‘मानिस आठ फिट लामो टनेलमा आउदा स्वचालित रूपमा स्यानिटाइज हुन्छन ।’
स्थानीयस्तरमै उपलब्ध सामानहरु प्रयोग गरेर मेसिन निर्माण गरिएकाले खराबी आउनासाथ तुरुन्तै मर्मत गर्न सकिने तिमल्सिनाले बताए । अहिलेपनि दाेश्राे टनेल निर्माणमा ल्याब मै छाै ।’ इन्जिनियर तिमिल्सिनाले भने ‘साे टनेललाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पिन गण्डकीकाे तर्फबाट राखिनेछ ।’
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ