गण्डक न्युज पोखरा, ६ माघ / रन टु प्रमोट स्पोर्ट टुरिजम इन पोखरा नाराका साथ शनिबार पोखरामा मिनी म्याराथन सम्पन्न भयो ।
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) को आयोजनामा पोखरा नदिपुरस्थित कलेज प्राङ्गगणबाट सुरु भएको म्याराथुन पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृह चोक, न्युरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक हुदै पुन नदिपुरस्थित कलेज प्राङ्गगणमा पुगी सकिएको थियो ।
कुल ५ किलोमिटर दुरी तय गरि छात्रतर्फ तेस्रो सेमेष्टर बिहानी सत्रका मनोज अधिकारीले प्रथम स्थान हात पार्न सफल भए भने उनलाई पछ्याउदै वि.वि.ए. प्रथम सेमेष्टर बिहानी सत्रका राजन के.सी.ले दोस्रो स्थान हात पार्न सफल भए । त्यस्तैगरी तेस्रो सेमेष्टरका उमङ्ग गुरुङ्ग र कौशल कुमार राम तेस्रो बन्न पुग्दा सातौ सेमेष्टर बिहानी सत्रका सुजन गुरुङ्गले चौथो स्थान सुनिश्चित गरे, त्यस्तै अनमोल गुरुङ्ग तेस्रो सेमेष्टरदिवा सत्रका विद्यार्थी पाचौं बने।

त्यसैगरी, छात्रातर्फ तेस्रो सेमेष्टर बिहानी सत्रका रोशनी गुरुङ्गले प्रथम स्थान हात पार्न सफल भइन् । पाचौं सेमेष्टर बिहानी सत्रका सुस्मिता गुरुङ्ग दोस्रो बनिन् । सातौं सेमेष्टर बिहानी सत्रका प्रिथा गुरुङ्ग तेस्रो स्थान आफ्नो पोल्टामा पार्न सफल भइन् भने बि.सि.आई.एस. प्रथम सेमेष्टरका अनिशा थापा चौथो बन्दा पाचौं सेमेष्टर बिहानी सत्रका छात्रा सुबी तन्डुकार पाचौं स्थान हात पार्न सफल भइन् ।

पोखरा लेखनाथ महानगरपालिका काठमाडौं जस्तो प्रदुषित नहोस, र स्वास्थका लागि दौडन, हिड्न, साइकल चलाउनका लागि अनुकुल स्थान बनोस भन्ने सन्देश प्रवाह गर्नका लागि यो मिनी म्याराथन आयोजना गरिएको आयोजक समितिका संयोजक मीरज ढकालले जानकारी दिए ।

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) पाचौं सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा माघ २ गतेबाट संचालन गरिएको पिसिएम स्पोर्ट मिट २०१८ अन्तर्गत शनिबार बिहान मिनी म्याराथन गरिएको हो ।

जसमा कलेजका विभिन्न सेमेष्टरका विद्यार्थीहरु, शिक्षकहरु, एवं कलेज स्टाफहरुको उपस्थिति रहेको थियो ।

पिसिएम स्पोर्ट मिट अन्तर्गत मिनी म्याराथन लगायत फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याटमिन्टन, रस्साकस्सी, स्याकरेस, छेलो लगायतका प्रतियोगिताहरु भईरहेका छन् ।

तस्विर: सुजन आचार्य
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला