काठमाडौं । आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । सरकारले लकडाउनकै बिच उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।
यस अघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन बानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्को दिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैंकहरुले अब भने सबै ठाउँका शाखाहरु खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
उनका अनुसार सबै ठाउँका शाखा कार्याल्यहरु खोल्न सबै बैंकहरुलाई अनुरोध गरिसकिएको छ । केहि साह्रै समस्यामा परेका शाखाहरुबाहेक अन्य खुला हुने अध्यक्ष दाहालले बताए ।
मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।
सरकारी निर्ण अनुसार नै एक तिहाई कर्मचारी राखेर सेवा सुचारु गरिने उनले बताए । शाखा कार्यालयहरु खुला भए पनि सुरक्षाका आवश्यक सावधानीहरु भने अपनाइने बताए । उनका अनुसार एक पटकमा शाखा कार्यालयभित्र ५ जना भन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् ।
माक्स र स्यानिजाइजर समेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए । ‘आइतबार अपबाद बाहेकका सबै शाखाहरु कार्यालयहरु खोलेर सेवा दिनेछौं, तर उच्च सुरक्षा सतर्कता अपनाउनु पर्नेछ’ अध्यक्ष दाहालले भने ।
सम्बन्धित खबर
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन