पोखरा । १६ औं आहा ! रारा गोल्ड कपका लागि आयोजक सहारा क्लबले सक्दो तयारी गरेको छ ।
क्लबले जनाएअनुसार आफ्नो टिममा १७ जना खेलाडीको टुङ्गो लगाएको हो।यो पटक सहाराको टिममा राष्ट्रिय खेलाडी मानबहादुर तामाङ, राष्ट्रिय टिमका गोलरक्षक विशाल श्रेष्ठसहित अण्डर ट्वान्टी थ्रीका राष्ट्रिय खेलाडी लक्ष्मण जिशी समेत रहेका छन।
यसैगरि, अण्डर सिक्स्टीनका राष्ट्रिय खेलाडी रन्दिप पौडेल टिममा समावेश छन् । सहारा क्लबका पूर्व अध्यक्ष तथा टिम तयारी संयोजक बिक्रम थकालीले यो टिम सन्तुलित भएको बताए। ‘हामीले धेरै युवा खेलाडीलाई प्राथमिकतामा राखेका छौ,f टिमलाई फाइनलमा पु¥याउनु र २०७० को १२ औं आहा ! रारा गोल्ड कपको इतिहास दोह¥याउदैं गोल्ड कप उचाल्नु पनि हो।’ संयोजक थकालीले भने, ‘सहाराको यो टिम लामो प्रशिक्षण र अभ्यासबाट निखारिएको युवा जोशसहितको टिम हो। यो टिमले मैदानमा दर्शक लोभ्याउने खेल पदर्शन गर्नेछ।’
सहाराको १७ सदस्यीय टिममा सरोज योन्जन, शुसन गुरुङ, बिनोद गुरुङ, बिशन गुरुङ, उत्तम गुरुङ, गौरव बुढाथोकी, खुर्पा लामा, त्रिदेव गुरुङ, रिचर्ड पुन, बिजय श्रेष्ठ, राजकुमार श्रेष्ठ, आकाश रानाभाट छन्। टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भने बिगतदेखि किरण श्रेष्ठले सम्हाल्दै आएका छन्। सहायक प्रशिक्षकमा प्रल्हाद हिराचन र टिम व्यवस्थापकमा सुनिल रानामगर छन्।
२०७० को आहा ! रारा गोल्ड कपमा आयोजक सहाराले नेपालको बलियो टिम मनाङ मस्र्याङदीलाई १–० ले हराउँदै गोल्ड कप उचालेको थियो। त्यस्तै, १५ औ आहा ! रारा गोल्ड कपमा फाइनल हार्दै मनाङलाई उपाधी सुम्पेको थियो । आहा ! रारा गोल्ड कपको इतिहासमा आयोजक सहाराले धेरै पटक सेमीफाइनल खेलेको छ भने घरेलु दर्शकको राम्रो साथ पाउँदै आएको छ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो