पोखरा । गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तनहुँमा १, लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ सय २९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले बुधबार बिहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार तनहुँको देवघाट गाउँपालिकाका १ जना २३ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ ।
तनहुँको म्याग्दे गाउँपालिका बाहेक अन्य ९ पालिकामा संक्रमण पुष्टि भईसकेको छ ।
त्यस्तै बागलुङमा ९ जना कोरोना संक्रमित फेला परेका छन् ।
बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
स्याङ्जामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका अर्जुनचौपारी गाउँपालिकामा १ जना, आँधीखोला गाउँपालिकामा १ जना र वालिङ नगरपालिका ३० महिने बालिकासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै लम्जुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेंशिशहर नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिकामा २ महिला र एक पुरुष गरी ३ जना र मादी गाउँपालिकाका एक महिला र एक पुरुष गरी २ जनामा समेत कोरोना संक्रमण देखिएको छ ।
यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको कुश्मा नगरपालिका, गोरखाको गण्डकी गाउँपालिकामा१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला