गण्डक न्युज पोखरा, १० माघ / कास्कीबाट प्रदेश नं. ४ का सांसद एवं युवा संघ, नेपालका केन्द्रिय अध्यक्ष राजिव पहारीले फेवा ताल संरक्षणको काम सुरु भएको घोषणा गरेका छन् ।
प्रदेश चारको पर्यटन र समग्र विकासको आशा र भरोशाको रुपमा रहेको फेवाताल अब कुनै पनि बहाना र प्रपंचको खेलमा पर्न नदिने भन्दै उनले अब आफु ज्यान फालेर भएपनि सो तालको आकार बढाउन लागि पर्ने बताए ।
पहारीले बुधबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फेवाको आकार बढाउने काम सपथ लिएको एक हप्तामा शुरु गर्ने बताएका पहारीले केहि पेपर र कानुनी प्रक्रिया शुरु भएको भन्दै अब कुनै कसर बाँकी नराखी स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार संगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब पहिलेकै फेवा बानाउने बताए ।
उनले अब हुने प्रदेश संसद्को पहिलो बैठकमा आफुले फेवाताल संरक्षण सम्बन्धि अति जरुरि सार्बजनिक महत्वको प्रस्ताब दर्ता गर्ने भन्दै सो प्रस्ताब दर्ता पछि अझ बढी काम गर्ने फराकिलो बाटो बन्ने बताउँदै कुनै राजनीतिक एबम् अन्य आग्रह पूर्वाग्रह बिना सो कार्य सम्पन्न गराएरै छाड्ने उनको जिकिर थियो ।
जनताको सेबक हुँ, कसैको व्यक्तिगत स्वार्थ आफ्नो लागि गौण भएको र त्यो भन्दा माथि अधिक जनताको आशा र बिश्वाश नै आफ्नो मुख्य लक्ष्य भएको भन्दै उनले कसैको डर धम्कि आए त्यसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु