रञ्जन अधिकारी पोखरा, १२ माघ / विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको चौथो तथा अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा पुलिसले रमपम झापा ११ विरुद्ध शुन्यका विरुद्ध एक गोलले जीत हात पारेको हो ।
दुई वर्ष अघि १४ औं संस्करणमा भने पुलिसलाई झापा ११ ले २–० गोलले पराजित गरेको थियो । पुलिस गत वर्ष संकटा क्लबसँग पहिलो खेलमै पराजित भएको थियो । लगातार दुई वर्ष दोस्रो खेल खेल्न नपाएको पुलिसलाई यो वर्ष दोस्रो चरण प्रवेश गराउन सुमन लामाको गोल निर्णायक बन्यो ।
लामाले खेलको १३ औं मिनेटमा गोल गरेका हुन् । मैदानको मध्य भाग नजिकैबाट बल प्रयासमा दुई विपक्षी डिफेन्डरलाई छक्याउँदै उनले बललाई जाली चुमाए । क्वाटरफाईनल प्रवेश गरेको पुलिसले अब माघ १६ गते डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
झापा ११ ले गोल गर्ने अवसर पाए पनि सदुपयोग नगर्दा अन्तिम ८ मा स्थान बनाउन असमर्थ रह्यो । खेलको २८ औं मिनेटमा बिक्रम लिम्बुले हानेको कर्नरमा खामिर घिल्सेन कन्डन्वाले करिब २० यार्ड नजिकबाट प्रहार गरेको बल पोष्ट माथिबाट बाहिरिएको थियो ।
त्यसैगरी दिलेन लोक्तान, पुजन उपरकोटी, निरोज बस्नेत लगायतका खेलाडीहरुका केहि अवसर खेर गएका थिए । पुलिसका गोलरक्षक शत्रुघन चौधरीले केहि प्रहार राम्रो बचाउन गरे । पाँचौ सहभागिता जनाएको झापा ११ ले आहा राराको सेमिफाईनल भन्दा माथिको यात्रा तय गर्न सकेको छैन । यसअघि, झापाले २०७२ मा पुलिसलाई पराजित गरेको थियो भने २०५९ सालमा पुलिससंग पराजित भएको थियो ।

नयाँ र युवा खेलाडी उतारेको पुलिसले पोखराबाट उत्कृष्ट प्रदर्शन गरेर लय समात्दै पुरानो विरासत जोगाउने सन्देश दिएको छ । पुलिसले रक्षापंक्ति बलियो बनाउँदै काउण्टर अट्याकलाई प्राथमिकता दियो । जुमनु राई जस्ता अनुभवी खेलाडी पुलिसले मैदान उतारेन । पुलिसका रवि पासवानले खेलको २८ औं मिनेटमा सिक्स यार्ड नजिकबाट प्रहार गरेको बल विपक्षी गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे ।
५६ औं मिनेटमा निरकुमार राईले गरेको हेड प्रहार पनि खेर गयो । ६५ औं मिनेटमा निरकुमारको पासमा पेनाल्टी एरियामा विपक्षी गोलकिपर एक्लै हुँदा पनि सन्तोष हेमरुनले गोल गर्न सकेनन् ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले नयाँलाई अवसर दिँदा गोल अन्तर कम भएको प्रतिक्रिया दिए । पुलिस क्लबले लय समाती नसके पनि रणनीति अनुसार नै खेलाडीले खेल खेलेको भन्दै परिणामप्रति सन्तुष्टी जनाए ।
झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले टिम सेट नहुँदा पराजित हुनुपरेको बताए । देवेन्द्र तामाङ, विशाल राईलगायतका खेलाडी नहुनु र ६/७ जना नयाँ खेलाडीलाई एकैपटक मैदानमा उतारेपछि खेलको तालमेल नमिल्दा पराजित हुनुपरेको उनको भनाइ थियो । शुक्रबारको खेलमा नेपाल पुलिस क्लबका रवि पासवान म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।
यो खेलसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको छ । शनिबार पहिलो क्वाटरफाईनल खेलमा सिधै बाई पाएको पाहुना टोली बंगलादेशको उत्तर बरिन्धरा क्लव र सुदुरपश्चिमाञ्चल ११, स्पोर्टिङ क्लव बिच खेल हुनेछ । बंगलादेशको यो क्लब पोखरामा नयाँ हो । उद्घाटन खेलमा आयोजक सहारालाई ३–० गोलले पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको सुदुरपश्चिम स्पोर्टिङको भने यो दोस्रो सहभागिता हो । गत वर्ष पहिलो खेलमै सहारा क्लबसँग ४–० ले पराजित भएको थियो । १३ औं संस्करणमा सुदुरपश्चिम कैलालीको टीमले सेमिफाईनलसम्म स्थान बनाएको थियो ।
क्वार्टरफाईनल समिकरण पूरा
क्वार्टरफाईनलमा पाहुना टोली बंगलादेशको उत्तर बरिन्धरा क्लबसँगै नेपालका तीन सशक्त टोलीहरु मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी ईन भएका छन् । शनिबार बरिन्धरा र सुदुरपश्चिम खेल्दा माघ १४ गते दोस्रो क्वार्टरफाईनल खेलमा त्रिभुवन आर्मी र धरान फुटबल क्लब खेल्नेछन् ।
यस्तै, माघ १५ गते थ्रीस्टार क्लब र सशस्त्रको एपीएफ अन्तिम चारका लागि भिड्नेछन् । माघ १६ गते अन्तिम क्वार्टरफाईनल खेलमा मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिसबीच प्रतिष्पर्धा हुनेछ । शनिबार इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको फाइनलमा मनाङ र थ्रीस्टारबीच फाईनल हुँदैछ । खेल पश्चात् टीम पोखरा आउनेछ ।
आजको खेल
उत्तर बरिन्धरा क्लब, बंगलादेश Vs सुदुरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लब
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो