गण्डक न्युज पोखरा, १४ माघ / नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर भारतको मोहन बगान क्लबसँग आबद्ध भएका छन् । थ्रीस्टारको फरवार्डका रुपमा खेलिरहेका बिमललाई अब पोखरामा देख्न पाईने छैन । यो वर्ष उनी भारतीय क्लबबाटै खेल्नेछन् । नेपाली राष्ट्रिय टीममा मात्र बिमललाई देख्न पाईने भएको छ ।
अहिले विमल थ्री स्टारसँग आबद्ध भइ टोलीलाई इटहरी गोल्डकप जित जित्न मद्दत गरेका थिए । विमल अब थ्री स्टारको टोलीसँग आहा रारा गोल्डकपका लागि प्रस्थान नगरी सिधै काठमाडौं जानेछन् र आईतबार नै कोलकाता पुग्नेछन् भने सोमबारदेखि क्लबको अभ्यासमा सामेल हुनेछन् ।
पूर्व आई लिग च्याम्पियन मोहन बगानले शनिबार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै बिमललाई सन् २०१७–१८ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको छ ।
विमलले युरोपका केहि क्लबहरुसँग ट्रायल पनि दिएका थिए । सन् २०१४ को मार्चमा चर्चित बेल्जियन क्लब एन्डरलेक्टमा ट्रायलका लागि पुगेका बिमलले क्लबको यु–१६ टोलीहरुमा रहेर तीन प्रतियोगितामा सहभागिता जनाएका थिए । लगतै २०१४ जुन ८ तारीखका दिन उनलाई क्लबको यु–१९ टोलीलाई छोटो समयका लागि अनुबन्ध गरिएको थियो ।
उनले डच क्लब ट्वेन्टेसँग २ हप्ता प्रशिक्षण गरेका थिए । उनले पहिलो पटक क्लबका लागि नेदरल्याण्डमा सम्पन्न कोपा डेल अगाथामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा बिमलले दुइ गोल समेत गरेका थिए । उनले आफ्नो प्रदर्शनबाट धेरैलाई प्रभावित समेत पारेका थिए ।
बिमल सबैभन्दा कम उमेरमै नेपालको राष्ट्रिय टोलीबाट खेल्ने पहिलो खेलाडी हुन् । उनले केवल १४ बर्षको उमेरमा नेपालका लागि बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । क्लब र बिमलबीचको सम्झौताबारे थप खुलाइएको छैन । भारतीय फुटबल इतिहासकै सबैभन्दा सफल, पुरानो र चर्चित क्लब मध्ये एक मोहन बगानले सन् २०१४–१५ को आई लिग उपाधि समेत जितेको थियो ।

भारतमा उत्कृष्ट खेल्छुः मगर
भारतीय फुटबल जायन्ट मोहन बगान एसीमा अनुबिन्धत भएका चर्चित नेपाली राष्ट्रिय फुटबलर बिमल घर्ती मगरले भारतमा गएर उत्कृष्ट खेल्ने बताएका छन् ।
शनिबार मात्रै इटहरीमा सम्पन्न अन्तर्रा्ष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृतिक इटहरी गोल्डकपमा थ्रीस्टारबाट खेल्दै उपाधि जितेका बिमलले आई लिगमा खेल्न पाउँदा निकै खुशी लागेको बताएका छन् ।
बिमलको भनाई उद्दत गर्दै चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमले लेखेको छ म निकै खुशी र उत्साहित छु । त्यहाँ (मोहन बगान) आफ्नोतर्फबाट सक्दो राम्रो र उत्कृष्ट खेल्नेछु ।

सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो