इटहरी, १३ माघ / लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै झन्डै डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुद्ध चेम्जोङले ३७ औं मिनेटमा गरेका गोलको अग्रतालाई जोगाउँदै थ्री स्टारले मोफसलको सर्वाधिक पुरस्कार राशीको इटहरी गोल्ड कप जितेको हो । एन्फाको कमजोरीका कारण झन्डै डेढ वर्षपछि फुटबलमा फर्केको थ्री स्टारले दोस्रो सहभागितामा उपाधि जित्न सफल भएको हो ।
यसै महिना धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिमाञ्चल गोल्ड कपमा टोली क्वार्टरफाइनलबाट बाहिरिएको थियो । मनाङको हकमा भने यो वर्षको पाँचौं फाइनल थियो । टोलीले २ उपाधि जित्दा तीनमा उपविजेतामा चित्त बुझाउनुपर्यो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी थ्रीस्टारका अनन्त तामाङ घोषित भए । उनले २५ हजार नगदसहित ४३ इन्चको टिभी समेत हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि थ्रीस्टारकै एलन न्यौपाने घोषित भए भने उत्कृष्ट डिफेन्डर मनाङका बिराज महर्जन घोषित भए ।
सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका अनन्त तामाङ
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका अनन्त तामाङ भए । उनले २५ हजार नगदसहित ४३ इन्चको टिभी समेत हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि थ्रीस्टारकै एलन न्यौपाने घोषित भए भने उत्कृष्ट डिफेन्डर मनाङका बिराज महर्जन घोषित भए ।

त्यसैगरी उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ घोषित भए भने उत्कृष्ट फरवार्ड थ्रीस्टारका अजयी मार्टिन्स घोषित भए । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका बिजय राई घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार समान ३–३ गोल गरेका अजयी मार्टिन्स, सुजल श्रेष्ठ र कर्ण लिम्बुले संयुक्त रुपमा हात पारे । उत्कृष्ट प्रशिक्षक भने थ्रीस्टारका मेघराज केसी घोषित भए । उत्कृष्ट व्यक्तिगत बिधातर्फका सबैले २०–२० हजार हात पारे ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा सम्पन्न प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।
Pic. GoalNepal.com
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो