काठमाण्डौ – नियतमै खोट भएका मानिसले आफ्ना खराब कर्तुतबाट उम्कन के कस्ता हतकण्डा अपनाउँछन् भन्ने कुराको उदाहरण काठमाडौ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले पेश गरेका छन् ।
रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ । रेग्मी असार २४ गतेदेखि एकाएक बेखबर बनेका थिए । यता, परिवारले अपहरण परेको हुनसक्ने भन्ने व्यहोराको निवेदन साउन ४ गते महानगरीय अपराध महाशाखामा बुझाएका थिए ।
यस विषयमा अनुसन्धानका लागि महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति होटलबाट पक्राउ गरेपछि अपहरणको नाटक रचेको रहस्य खुलेको हो । रेग्मी असार २४ गते घरबाट निस्की सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीसँग बसेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ ।
पक्राउपछि अनुसन्धान गर्दा रेग्मीले विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनी करोडौँ रुपैयाँ लिएको र पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। अपहरणमा नपरी प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोतसाधनको दुरूपयोग भएको भन्दै सोही अनुरुपको मुद्दामा उनीमाथि थप अनुसन्धानका लागि बुधबार प्रहरीमा बुझाइएको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी