गण्डक न्यूज पोखरा, १५ माघ / सहारा यूके परिवारलाई यहाँका खेलकुद पत्रकार र भूपू खेलाडीले स्वागत गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च, कास्की र भूतपूर्व खेलाडी मञ्च नेपालले संयुक्त रुपमा सहारा यूके र हङकङ का पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुलाई सोमबार एक समारोहबीच पोखरामा स्वागत/सम्मान गरेका हुन् ।
सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ लगायतलाई भूपू खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ र मञ्चका अध्यक्ष केशव पाठकले खादा लगाई मायाको चिनो प्रदान गरे । प्रमुख सल्लाहकार महेश गुरुङ, सल्लाहकारहरु हरि श्रेष्ठ, रमेश बास्तोला, चन्द्रमान गुरुङ, एनआरएन यूके पूर्व अध्यक्ष समेत रहेका सल्लाहकार मुछेत्र गुरुङ, कोषाध्यक्ष नारायण गुरुङ, सहकोषाध्यक्ष शारदा गुरुङ, मिडिया सेक्रेटरी बचस्पती रेग्मी लगायतलाई स्वागत गरिएको हो ।
सम्मान ग्रहणपछि सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङले प्रत्येक वर्ष यसरी मिठो आतिथ्यता प्रदान गरेकोमा आभार व्यक्त गरे । उनले देशको खेलकुद, समग्र क्षेत्रको विकासमा आफूहरुको सदा साथ सहयोग रहने उल्लेख गरे । जहाँ रहेपनि आफ्नो ठाउँको लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो ।
नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका नेपा भूपू खेलाड मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले नेपालको खेलकुदको विकासका लागि योगदान दिनेहरुलाई भुल्न नहुने बताए । उनले मुलुकको नाम उँचो राख्ने खेलकुदलाई हेर्ने नगर अझै सकारात्मक हुन नसकिरहेको उल्लेख गरे । भूतपूर्व खेलाडी मञ्चकै सक्रियतामा पोखरा रंगशालाको संरक्षण सम्भव भएकाले यसलाई अझै व्यवस्थित बनाउन उनको सुझाव थियो ।
खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले देश विदेश जहाँ रहेपनि नेपालको खेलकुद लगायतको क्षेत्रमा नेपाली मन हुनेहरुले प्रदान गर्ने सहयोग अमूल्य रहेको जनाएँ । उनले सहारा यूके, हङकङ लगायतले यहाँको खेलक्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका खेलकुद पत्रकार मञ्चका अध्यक्ष केशव पाठकले पोखरा स्पोर्टस् अवार्ड भव्यताका साथ सम्पन्न हुनुको मुख्य श्रेय यूके स्थित खेलप्रेमी महानुभावलाई जाने बताउँदै सधैं सँगै अघि बढ्न ईच्छुक रहेको जनाए । मञ्चका सचिव रञ्जन अधिकारीले खेलकुदमा समर्पित संघसंस्थासँग मञ्चको स्थापित सम्बन्धलाई मजबुत पार्दै सहयोग र सद्भावको सधैं अपेक्षा रहने बताए ।
खेलकुद पत्रकार मञ्च कास्कीले अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन स्वरुप आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डमा आर्थिक सहयोग प्रदान गर्नेहरुलाई टोकन अफ लभ समेत प्रदान गरेको थियो । सो अवसरमा भूपू खेलाडी मञ्चका सस्थापक अध्यक्ष खड्क रानाभाट, पूर्व अध्यक्ष एवं पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा.डा. वीरेन्द्रसिंह गुरुङ लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा