पोखरामा भरत खवास सर्वोत्कृष्ट राष्ट्रिय वर्ष खेलाडी २०७३ बाट सम्मानित

पोखरामा भरत खवास सर्वोत्कृष्ट राष्ट्रिय वर्ष खेलाडी २०७३ बाट सम्मानित

bharat

 पोखरा, १५ माघ / सहारा क्लब पोखराले नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राईकर भरत खवासलाई सर्वोत्कृष्ट राष्ट्रिय वर्ष खेलाडीबाट सम्मान गरेको छ । गत वर्ष २०७३ सालभर गरेको प्रदर्शनका आधारमा उनलाई सो सम्मान सहित दोसल्ला, सम्मानपत्र तथा नगद ३५ हजारबाट सम्मान गरिएको हो ।

नेपाल रेफ्री संघ र नेपाल खेलकुद पत्रकार मञ्चको मूल्यांकनका आधारमा खवासलाई सर्वोत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको आयोजक क्लब सहाराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

खवास विभागीय टोली त्रिभुवन आर्मीका कप्तान हुन् । यद्यपी जारी १६ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताबाट भने टोली बाहिरिसकेको छ । उक्त सम्मानको नगदराशी पश्चिमाञ्चल फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds