रञ्जन अधिकारी पोखरा, १६ माघ / डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पहिलो खेलमै पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा पुलिसले मनाङ विरुद्ध ३–१ गोल अन्तरको जीत निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । यस खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको छ ।
सहारा क्लबले आयोजना गरेको क्याराभान सहित १७ पटकको प्रतियोगितामा यी दुवैले समान पाँच पटक उपाधि जितेका छन् । सिधै बाइ पाएर क्वार्टरफाइनल खेलेको मनाङलाई पहिलो खेलबाटै फर्काएपछि पुलिसले सर्वाधिक उपाधि जित्ने सम्भावना कायमै राखेको छ । अब पुलिसले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा बिहीबार धरान एफसीसँग प्रतिष्पर्धा गर्नेछ । धरानले आर्मीलाई टाइब्रेकरमा पराजित गरेको थियो ।
पोखरा रंगशालामा पहिलो हाफ गोलरहित खेलेको पुलिसले दोश्रो हाफमा लगातार ३ गोल गर्दा मनाङे टोली र समर्थक स्तब्ध बन्यो । मनाङले अन्तिममा सान्त्वना गोल फर्काएर पोखराको मैदानमा एक गोल भने गर्न सक्यो । पहिलो हाफमा फिनिसिङमा कमजोर देखिएको पुलिसका लागि दोस्रो हाफ सुरु भएको आठौं मिनेटमै निरकुमार राईले गोल गरे । ५३ औं मिनेटमा अग्रता लिएको पुलिसले चार मिनेटपछि नै दोस्रो गोल ग¥यो । ५७ औं मिनेटमा तेज तामाङको पासमा पेनाल्टी एरियामा रहेका दिनेश राजवंशीले हेडमार्फत गोल गरे । ७२ औं मिनेटमा निरकुमारको पासमा मध्यभाग नजिकैबाट विपक्षी डिफेण्डर सबै बिट भएको अवस्थामा सुमन लामाले सुन्दर गोल गरे ।
यसअघि, झापा विरुद्धको पहिलो खेलमा १–० गोलको कठिन जित निकाल्ने क्रममा सुमनले नै गोल गरेका थिए । म्यान अफ दि म्याच घोषित लामा दुई खेलमा दुई गोलका साथ प्रतियोगितामा उच्च गोलकर्ता हुन् ।
एकपछि अर्को गोल व्यहोरेपछि मनाङ आक्रामक बनेको थियो । तर, उसका एकपछि अर्को प्रहार असफल भयो । ८२ औं मिनेटमा क्याप्टेन अनिल गुरुङले मिलाईदिएको पासलाई पेनाल्टी एरियामा रहेका विशाल राईले सान्त्वना गोल फर्काए । त्यसपछि थप गोल भएन र मनाङ पुलिससँग ३–१ गोलले स्तब्ध बन्यो ।
खेलको सुरुदेखि नै दुवै टीम आक्रामक थियो । छरितो खेलमा दुवैले गरेका प्रहार खेर गए । पोखरेली अनिल गुरुङ, हेमन गुरुङले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् भने मनाङबाट खेल्नकै लागि जापानबाट आएका सन्तोष साहुखलले नोटिस गेम खेलेनन् ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले योजना अनुरुप नै खेलाडीले खेल खेल्दा जित सहज भएको बताए । उनले पुलिस लयमा फर्किएको दाबी गरे । खेल दौरानमा रेफ्रीले नै सचेत गराउनुपर्ने गरी किन चर्को आवाजमा खेलाडीलाई निर्देशन दिनुपरेको ? भन्ने प्रश्नमा उनले खेलाडीहरुलाई समय अपुग भएका कारण आफूले निर्देशन दिएको प्रतिक्रिया दिए । धरान विरुद्धको खेलमा राम्रो प्रदर्शन गर्ने उनको भनाई छ ।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले विदेशी चार खेलाडी बिना नै मैदानमा उत्रिँदा त्यसको असर खेलमा परेको बताए । पहिलो हाफमा आफ्ना खेलाडीले खेललाई इजी लिएको भन्दै उनले दोस्रो हाफ जस्तै गरी खेलेको भए नतिजा उल्टन सक्ने जिकिर गरे । खेलमा जित हार स्वभाविक भएकाले आफू अचम्मित नभएको उनको भनाई थियो । मनाङ विगत चार पाँच वर्षदेखि रक्षापंक्तिमा विदेशी खेलाडीकै भर परेको उनको भनाई थियो । मंगलबारको खेलमा विदेशी खेलाडी भिक्टोर, मुसो, सोलोलगायतका खेलाडी खेल्न पाएनन् । वर्क परमिट नभएकालाई खेलमा प्रतिबन्ध लगाएपछि उनीहरुले खेल्न नपाएका हुन् । यसअघि, आयोजक सहारा, थ्रीस्टारका विदेशी खेलाडी पनि मैदान छिर्न पाएका थिएनन् ।
पहिलो सेमिफाइनलमा भने बुधबार थ्रीस्टारले उत्तर बरिन्धरा क्लब, बंगलादेश प्रतिष्पर्धा गर्नेछ । तीन दिन दिन अघि मात्रै मनाङलाई १–० गोलले हराउँदै इटहरी गोल्डकप जितेको थ्रीस्टारले सशस्त्रको एपीएफ विरुद्ध टाइब्रेकरमा नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
थ्रीस्टार चार पटकको विजेता हो भने उत्तर बरिन्धरा पहिलो पटक सहभागिता जनाएको हो । उसले क्वार्टरफाइनलमा सुदुरपश्चिम स्पोर्टिङ क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आजको खेल
थ्रीस्टार क्लब उत्तर बरिन्धरा, बंगलादेश
Pic. Goalnepal
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो