छिमेकी स्याङ्गजामा कोरोना फैलिएपछि पर्वत प्रबेश गर्ने र बाहिरीने नाकाहरुमा कडाई गर्न थालिएको छ । पर्वतको मध्य र दक्षिणमा स्याङ्गजाबाट भित्रीने नाकामाहरुमा सुरक्षा जाँचमा कडाई गरिएको हो । दक्षिण पर्वतको ब्यापारिक कारोबार र आगमन सबै स्याङ्गजा संग निर्भर छ ।
दक्षिणमा सबैभन्दा बढी सवारी साधन भित्रने हुवास, कार्किनेटा लगायतका नाकामा बुधबार बिहानैदेखि सुरक्षा जाँचमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
इलाका प्रशासन र इलाका प्रहरी कार्यालय हुवासलाई त्यस क्षेत्रमा भित्रने र बाहिरीने सवारी साधनलाई अत्याबश्यक काम र बिरामी बाहेक कसैलाई नछाड्न निर्देशन दिइएको प्रजिअ रेग्मीले बताउनुभयो ।‘संक्रमणको जोखिम बढेपछि नाकामा कडाई गरिएको छ’ प्रजिअ रेग्मीले भन्नुभयो ‘अत्याबश्यक काम बाहेक बाहिर नजान र नआउन सबैलाई सचेत बनाइएको छ ।’
संक्रमण फैलन नदिन पर्वतको सदरमुकाम कुस्माबजारमा मास्क नलगाई हिड्नेलाई फेरी काबार्ही गर्न थालिएको छ भने पर्वतबाट अन्य जिल्लामा जाने सवारी साधनलाई पास अनिवार्य गरिएको छ । झण्डै दुई साता साना सवारी साधनलाई बिना पास पोखरा पठाइएको थियो ।
सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा