रञ्जन अधिकारी पोखरा, १८ माघ / पोखराको मैदानमा सर्वाधिक सफल टोली मध्ये एक नेपाल पुलिस क्लब ७ वर्ष पछि आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । धरान विरुद्ध १–० गोलले कठिन जीत हात पार्दै पुलिस उपाधि नजिक पुगेको हो ।
२०६६ मा आठौं संस्करणको उपाधि जितेपछि पुलिस फाइनल पुग्न सकेको छैन । १६ औं संस्करणको जारी प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस क्लब अब शनिबार खेल्नेछन् । बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगिसकेको छ ।
बिहीबार भएको प्रतिष्पर्धात्मक खेलमा पेनाल्टी मौकामा पुलिसले धरानलाई पराजित गरेको हो । पुलिसका सुमन लामाले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । उनले थ्रीस्टारका विश्वास श्रेष्ठसँगै गोलसंख्या ३ पु¥याएर हाई स्कोररको प्रतिष्पर्धामा छन् । फाइनलमा स्थान बनाउन पुलिसका लागि त्यही पेनाल्टी गोल निर्णायक बन्दा धरान दोस्रो पटक पनि सेमिफाईनल पार गर्न सकेन ।
२२ औं मिनेटमा खेल चलिरहँदा पुलिसका रवि पासवानलाई पेनाल्टी एरियामा लडाएपछि रेफ्री सुदीशकुमार पाण्डेले धरानका डिफेन्डर रोमन लिम्बुलाई पहेलो कार्ड दिए भने पुलिसलाई पेनाल्टीको अवसर दिए । रेफ्रीको निर्णयमा धरानले विरोध जनाएको थियो । आफ्नो अपिल सुनुवाई नभएपछि धरानले मैदान छाड्ने चेतावनी दिँदै केहिबेर खेल रोकियो । तर, धरानका प्रशिक्षक अर्जुन राईले मैदान नछाडि खेल खेल्न निर्देशन दिएपछि पुनः खेल सञ्चालन भएको थियो । खेल सकिएपछि धरानका कप्तान विष्णु सुनार रेफ्रीमाथि जाइलाग्न खोजेका थिए ।
खेल हारेपनि धरानले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जित्यो । धरानले आधा दर्जन बढी गोल गर्ने पनि जुटाएको थियो तर, सदुपयोग गर्न नसक्दा फाइनल पुगेर इतिहास रच्ने मौका गुमायो ।
बिजयी टिम नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले संघर्षपूर्ण भएपनि जित निस्केकोमा खुशी व्यक्त गरे । खेल जित्नु नै मुख्य उद्देश्य भएको बताउँदै आफ्नो टास्कमा सफल भएको प्रतिक्रिया दिए । उनले पुलिस अब विस्तारै आफ्नो लयमा आएको समेत बताए ।
धरान फुटवल क्लव सुनसरीका म्यानेजर अशोक राईले रेफ्रीका गलत निर्णयका कारण पराजित हुनुपरेको गुनासो गरे । उनले राम्रो खेल्दाखेल्दै पनि रेफ्रीले दिनै नपर्ने सामान्य ट्याकलमा पेनाल्टी दिँदा सो नै टर्निङ प्वाईन्ट बन्नपुगेको बताए । यद्यपी आज खेलाडीको प्रदर्शनप्रति भने सन्तुष्टि व्यक्त गरे ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो