स्याङ्गजा – स्याङ्गजाको भालुपहाड स्थित सेती खोलामा वेवारिसे अवस्थामा बुलेट मोटरसाइकल फेला परेको छ ।
फेदिखोला गाउँपालिका वडा नं -२ भालुपहाडको सडकबाट तल सेतीखोलामा निलो/ हरियो रङको बुलेट मोटरसाइकल क्षतबिक्षत अवस्थामा फेला परेको स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले गण्डक न्यूज लाई जानकारी दिए ।
अधिकारीका अनुसार वेवारिसे छिन्नभिन्न अवस्थामा फेला परेको मोटरसाइकलको नम्वर प्लेट खुल्न सकेको छैन । “मोटरसाइकल कसैले ल्याएर फालेको हो या, अन्य केही कारणले हो, अनुसन्धानका लागि अहिले फेदिखोलाबाट प्रहरीको टोली उक्त स्थानमा गैसकेको छ अधिकारीले भने ।”
मोटरसाइकल भेटिएको स्थान सडकबाट निकै तल र अप्ठेरो स्थानमा भएकाले भोली उज्यालो भएपछि मात्र सत्यतथ्य खुल्ने अधिकारीले जानकारी दिए ।
तस्विर : हाम्रो आँधिखोला
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग