गण्डक न्युज पोखरा, २० माघ / फुटबलको रौनक सकिने बित्तिकै पोखरा रंगशालामा क्रिकेट खेल हेर्न पाईने भएको छ । यही माघ २३ देखि २७ गतेसम्म अन्तर क्लब दि युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप २०७४ प्रतियोगिता हुँदैछ । प्रतियोगितामा आठ टीमको सहभागिता रहनेछ ।
पोखरा क्रिकेट क्लब (पिसीसी) ले शनिबार पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । उक्त प्रतियोगितामा कास्कीसहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न आठवटा क्रिकेट क्लबको सहभागिता रहने क्लबका अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए ।

टी–२० फम्र्याटमा सञ्चालन हुने नकआउट प्रतियोगितामा धौलागिरी क्रिकेट क्लब बाग्लुङ, बौद्ध क्रिकेट क्लब बेनी, खबरा क्रिकेट क्लब म्याग्दी, राइजिङ क्रिकेट एकेडेमी पोखरा, अरण्यज्योति क्रिकेट क्लब पोखरा, सांग्रिला क्रिकेट क्लब पोखरा, पोखरा क्रिकेट एकेडेमी र पोखरा क्रिकेट क्लब सहभागी हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न कूल रु तीन लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ ।
दर्शकका लागि निःशुल्क गरिएको प्रतियोगितामा प्रति टिम पाँच हजार दर्ता शुल्क कायम गरिएको क्लबले जनाएको छ । २३ वर्षदेखि पोखराको क्रिकेट विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएको सो क्लबले हाल आठदेखि १७ वर्ष उमेरका ३० जना बालकलाई पोखरा क्रिकेट एकेडेमीमा प्रशिक्षण दिँदै आएको प्रशिक्षक रिजन प्रजुले जानकारी दिए ।

विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७ हजार ५ सय बराबरको क्रिकेट किट् पाउनेछन् भने बेस्ट बलर, बेस्ट ब्याट्सम्यानलाई जनही पाँच हजार साथमा हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने प्रतियोगिता संयोजक समेत रहेका उपाध्यक्ष उत्सव शाक्यले बताए ।
‘दि’ युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहने सो प्रतियोगितामा हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक तथा जिल्ला क्रिकेट संघ कास्कीको प्राविधिक सहयोग रहेको छ । अनलाइन मिडिया पार्टनरमा गण्डक न्युज डटकम रहेको छ ।

यसैबीच, क्लबले पत्रकार सम्मेलनमै गोलाप्रथामार्फत खेलतालिका सार्वजनिक समेत ग¥यो । समूह एमा पोखरा क्रिकेट क्लब, खबरा क्रिकेट क्लब बेनी, धौलागिरी क्रिकेट क्लब बाग्लुङ र सांग्रिला क्रिकेट क्लब, पोखरा रहेका छन् । समूह बीमा पोखरा क्रिकेट एकेडेमी, अरण्यज्योति क्रिकेट क्लब पोखरा, बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी पोखरा रहेका छन् ।
उद्घाटन खेल मंगलबार आयोजक पीसीसी र खबरा क्रिकेट क्लब बेनीबीच बिहान ८ बजे हुनेछ । सोहि दिन विहान ११ बजेबाट धौलागिरी क्रिकेट क्लब बाग्लुङ र सांग्रिला क्रिकेट क्लब, पोखराबीच दोस्रो खेल हुनेछ ।
भोलिपल्ट पोखरा क्रिकेट एकेडेमी र अरण्यज्योति क्रिकेट क्लब पोखराबीच पहिलो खेल हुँदा दोस्रो खेलमा बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी प्रतिष्पर्धामा उत्रनेछन् ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला