पोखरा – गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेट अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ र लुम्विनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको पिसिआर परीक्षणमा प्रदेशका चार जिल्लाका ११ जनामा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु कास्की, पर्वत, गोरखा र नवलपरासीका छन । कास्कीको पोखरा महानगरपालिकाका वडा नं -४ का २२ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै पर्वतको कुश्मा नगरपालिका वडा नं १३ कि ३० बर्षीया महिला, गोरखा पालुङटार नगरपालिकाका ६ र ९ वडाका ३५ र २४ बर्षीय पुरुष, सिरानचोक गाउँपालिकाका २५ बर्षीय पुरुष, बारपाक सुलिकोटका २२ र २९ बर्षका पुरुष, गोरखा नगरपालिकाकी २४ बर्षीया महिला र नवलपरासी (पूर्ब) हुप्सेकोटका २३, २५, २५ बर्षका पुरुषको नमुना संकलन पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितहरुको संख्या १५६६ पुगेको छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग