रुपन्देहीको रोहिणीमा भयानक कार दुर्घटना, तीनजनाको मृत्यु, एक घाइते

रुपन्देहीको रोहिणीमा भयानक कार दुर्घटना, तीनजनाको मृत्यु, एक घाइते

car-accidient

रुपन्देही – परासीबाट भैरहवा तर्फ आउंदै गरेको कार अनियन्त्रित भइ पल्टंदा कारमा सवार तीनजनाको मृत्यु भएको छ । घटनामा एक घाइते भएका छन ।

शुक्रबार राती ९: ३५ बजेको समयमा रुपन्देहीको रोहिणी गाउँपालिका -४ छिपागढस्थित हुलाकी सडक हुँदै भैरहवा तर्फ जाँदै गरेको लु २ च ६७५६ नम्वरको कार आफै अनियन्त्रित भइ सडकबाट १० मिटर उत्तरतर्फ पल्टिएको रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार चारजना सवार उक्त कार दुर्घटना भएलगत्तै उपचारका लागि भिम अस्पताल भैरहवा लगिएकोमा तीनजनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरु सिद्धार्थनगर नगरपालिका वार्ड नं- ४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका-३ मर्यादापुर बस्ने बर्ष २८ का नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका -१२ पथगावा बस्ने १२ बर्षीय बालक प्रदिप ठाकुर रहेका छन ।

यस्तै दुर्घटनाका अर्का घाइते रुपन्देही ओमसतिया गाउँपालिका -४ बालापुर बस्ने बर्ष ३४ का अनिल यादव रहेको बुझिएको छ । उनलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रवक्ता खत्रीले जानकारी दिए । खत्रीका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम छ ।

– सांकेतिक फोटो

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ