शनिबार थपिए कोरोनाका तीन सय ७८ जना संक्रमित

शनिबार थपिए कोरोनाका तीन सय ७८ जना संक्रमित

Corona Test PCR

काठमाण्डौ – शनिवार कोरोनाभाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस वक्तव्यमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३७८ कोरोनाका नयाँ संक्रमित भेटिएको पुष्टी गरे ।

शनिवारनै ४९९ जना कोरोनामुक्त भएर घर फर्केका छन । हालसम्म कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

कोरोनाबाट नेपालमा अहिलेसम्म ७३ जनाको मृत्यु भइसकेको छ।

नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ