गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ, २१ माघ / पोखरामा बाइकको रिकन्डिसन व्यवसाय गर्दै आएका अमित श्रेष्ठ अचानक युवाहरुका बीचमा लोकप्रिय बनेका छन् । कठीन र साहसिक कार्यमार्फत करिब ४ हजार राइडरहरु मध्येबाट उनी ‘बेस्ट राइडर’ घोषित भएका छन् ।
बजाज बाइकको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सामसुङसँगको सहकार्यमा आयोजना गरेको पल्सर डेयरभेन्चरको तेस्रो संस्करणमा अन्तिम १० प्रतिस्पर्धिलाई पछि पार्दै अमित बेस्ट राइडर बनेका हुन् । यति मात्र होइन, अमितले सामसुङ अनस्टपेवल राइडरको उपाधि समेत प्राप्त गरे । यसवापत उनले सामसुङ एस८ मोबाइल पनि प्राप्त गरेका छन् । अमितलाई हंसराज हुलासचन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले पुरस्कृत गरेका थिए ।
पल्सर डेयरभेन्चरको यो तेस्रो संस्करण हो । रोचक कुरा के छ भने अमितले यो भन्दा पहिले पनि डेयरभेन्चरको पहिलो र दोस्रो संस्करणमा समेत भाग लिएका थिए । तर पहिलोमा उनी टप २० र दोस्रोमा टप १० भित्र पर्न सकेका थिएनन् । यस पटक भने उनले सबैलाई चकित पार्दै डेयरभेन्चर विजेता बने ।
पल्सर डेयरभेन्चर एक प्रकारको कठीन प्रतिस्पर्धा हो । यसमा भाग लिनेले बाइक राइडिङ कौशल मात्रै नभएर विभिन्न शारीरिक अभ्यास समेत गर्नुपर्छ । रक क्लाइम्बिङ गरी त्यहाँ भएको बाइकको चाबी लिएर स्वीमिङ पुलमा गएर बाइकको सामान निकालेर फिट गर्ने जस्ता कठीन कार्य समेत गर्नुपरेको थियो ।
पल्सर डेयरभेन्चरको तेस्रो सिजनमा अन्तिम १० साहसी प्रतियोगीहरुले नयाँ पल्सर बाइकमा ‘अन÷अफ रोड’ हुँदै एउटा साहसिक राइडमा जाने मौका पाएका थिए । प्रतियोगितामा सामेल हुनका लागि प्रतियोगिहरुले शुरुवातमा नै विभिन्न तालिमहरु लिनुपर्ने व्यवस्था गरिएको थियो । डेयरभेन्चरको क्रममा यो वर्ष उनीहरुको समूह मनाङको खाङसारसम्म पुगेको थियो ।
हरेक बाइकर्सले पल्सर डेयरभेन्चर ३ को अन्तिम १० मा छनोट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एप्टिच्युड टेस्ट पास गर्नुपर्ने व्यवस्था गरिएको थियो भने अन्तिम १० प्रतिस्पर्धीहरुका लागि ग्रुमिङ सेसन समेत आयोजना गरिएको थियो ।
प्रतियोगिताका दौरान प्रतिस्पर्धिहरु काठमाडौँबाट शुरु भएर घाँसीकुवा, बेशिशहर, बाहुनडाँडा हुँदै मनाङको खाङसार पुगेका थिए ।
काठमाडौंको विजय मेमोरियल उच्च माविबाट प्लस टु र पोखराको जनप्रिय बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका अमितले हाल पोखरामै न्यु एरा रिकन्डिसन चलाइरहेका छन् । उनको रिकन्डिसन हाउसमा सबै बाइकको सट्टापट्टा भए पनि बजाजको पल्सर नै बढी सट्टापट्टा हुने उनले बताए । आगामी दिनमा युवाहरुको चाहना अनुसारका विभिन्न बाइकिङ गतिविधि गर्दै जाने योजना रहेको समेत उनी बताउछन् ।
सामान्य ब्यक्तिबाट अमित अव सेलिब्रेटीमा परिवर्तन भएका छन् । धेरै युवाहरु उनको फ्यान बनेका छन् । डेयरभेन्चरको इभेन्टलाई टेलिभिजनको पर्दामा समेत देखाइएको र अन्य कुराका अतिरिक्त एसएमएस भोटिङका आधारमा समेत विजेताको घोषणा गरिएको थियो । त्यसैले उनले यो उपाधि प्राप्त गर्नका लागि पनि धेरै दर्शक र खासगरी युवायुवतीहरुको पनि भूमिका छ । सबै फ्यानहरुको चाहना अनुसार अब जिम्मेवारीपूर्वक आगामी यात्रा तय गर्ने अमित बताउछन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’