पोखरा लेखनाथ स्थित बेगनास तालको सफाई अभियन्ता राम रानाभाट प्रहरी नियन्त्रणमा छन् । पोखरा ३१ बेगनास निवासी रानाभाट स्थानिय बेगनाथ युथ क्लबका अध्यक्षसमेत हुन् । उनी चढेको गाडीमा लागुऔषध भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर (चपुर), रौतहटको टोलीले साउन २४ गते नै सोहि क्षेत्रबाट उनी र अन्य दुई जनालाई पक्राउ गरेको छ । कार्यालय प्रमुख डिएसपी हेमबहादुर शाहीले गण्डकन्यूजलाई बताए अनुसार सडकमा चेकजाँचको क्रममा उनीहरु चढेको गाडीमा प्रतिबन्धित औषधि फेला परेको हो ।

डिएसपी हेमबहादुर शाही
३८ वर्षीय रानाभाटसहित पक्राउ पर्नेमा तनहुँ दुलेगौंडा–४ का २८ वर्षीय मोहम्मद मुर्तुजा र बारा, सिमरा– १० जितपुरका २२ वर्षीय लालुद्धिन मिया रहेका छन् । उनीहरुलाई ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ । यद्यपी, बयान लिने काम भने सुरु नभएको डिएसपी शाहीले बताए ।
रानाभाट चढेको गाडीमा कोरेक्स नामक औषधि चार सिसी भेटिएको हो । उनीहरुले चार सिसा अर्थात् ४०० ग्राम बोकेको भेटिएको छ । जुन प्रतिबन्धित कार्य हो ।
प्रारम्भिक बयानमा रानाभाटले आरोप अस्विकार गरेको बुझिएको छ । यो काम चालक दुलेगौंडा निवासी मोहम्मद मुर्तुजाको भएको रानाभाटले बताएका छन् । पोखराबाट लगेको आफ्नो कार बिग्रेपछि दुलेगौंडाबाट इटहरीसम्म साथीले गाडी मिलाइदिएको र सो गाडीमा जाँदा चालकले कोरेक्स सेवन गर्ने गरेकोले गाडीमा उक्त औषधि रहेको रानाभाटले जिकिर गरेका छन् ।
यद्यपी, प्रहरीले अनुसन्धानको क्रममा रहेको र बयान पनि लिइनसकेकाले केही बताउन नमिल्ने प्रतिक्रिया दियो । ‘अनुसन्धान भइरहेको छ । बयान लिनेछौं । सत्यतथ्य आइहाल्छ । अहिले केही नभनौं । गाडीमा जे चिज भेटियो, त्यो प्रतिबन्धित लागुऔषध हो । त्यसैले ३ जना नै समातिएका हुन् ।’ – डिएसपी शाहीले भने ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ