गण्डक न्युज पोखरा, २३ माघ / पोखरा क्रिकेट क्लब (पिसीसी) को आयोजनामा पोखरामा मंगलबारदेखि दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब क्रिकेट कप २०७४ सुरु भएको छ ।
सोमबार आयोजक पिसीसी र खबरा क्रिकेट क्लब बेनीबीचको उद्घाटन खेल पिसीसीले सहजै जित्यो । एकपक्षीय खेलमा पिसीसीले खबरालाई १८२ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिसीसीले जम्मा तीन विकेटको क्षतिमा पूरा ओभर खेल्दै २४० रन बनायो । उसका लागि रिजन प्रजु, क्याप्टेन अनिल गुरुङ र प्रदीप राउतले अर्धसतक पूरा गरे । म्यान अफ दि म्याच अनिलले अविजित ७२ रन तथा रिजनले ७३ रन बनाए । प्रदीप राउतले ५० रनको योगदान दिए । खबराका तर्फबाट अनिश खड्का, अक्लेश खड्का र सज्जन श्रेष्ठले एक/एक विकेट लिए ।

२४१ रनको लक्ष्य पछ्याएको खबरा १३.३ ओभर खेल्दा ५७ रन जोड्दै अलआउट भयो । एक खेलाडी बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । सन्तोष घिमिरेले २३ रन जोडे भने सबिन जिसीले ९ र अक्लेशले ८ रन जोडे । पिसीसीका ऋषिकेश शर्माले ३ विकेट लिए । प्रदीप रावत र चन्द्र गुरुङले २/२ विकेट लिन सफल भए ।
दोस्रो खेलमा पनि पाहुना टोली बाग्लुङको टीम बाहिरियो । पोखराको सांग्रिला क्रिकेट क्रिकेट क्लबले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ४४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सांग्रिलाले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १२१ रनको योगफल तयार पा¥यो । उसका लागि किरण क्षेत्रीले अविजित ३१ र मिलन थापाले अविजित २८ रनको योगदान दिए । सुदीप पौडेलले १७ रन जोडे । रुपेश सिंहले ३ विकेट, सन्तोष र राजनको नाममा २/२ विकेट रह्यो ।
१२२ रनको चुनौति पेश गरेको सांग्रिलासामु बाग्लुङको एकमात्र टोली धौलागिरीको प्रयास सफल भएन । १६.५ ओभरमा ७८ रन जोड्दैमा खेलाडी अलआउट भए । धौलागिरीका सुमन गहतराजले ४२, किसान खड्काले १० र कप्तान दीपक कुँवरले ७ रन जोडे । सांग्रिलाका कप्तान विपिन खत्रीले ५ विकेट लिए भने शिव सुवेदी र समिर सेनले २/२ विकेट लिए । खेलमा ३.५ ओभरमा ४ रन खर्चेर ५ विकेट लिने विपिन म्यान अफ दि म्याच बने ।

यसअघि, प्रतियोगिताको उद्घाटन मुख्य प्रायोजक दि युनाइटेड गोल्डमार्ट प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्यले गरे । उनले स्थानीय स्तरबाटै प्रयास भए मात्र योग्य खेलाडी तयार हुने भएकाले युवाहरुको अभियानलाई साथ दिएको बताए । विशेष अतिथि ओम डेभलपमेन्ट बैंकका सिईओ विश्वमोहन अधिकारीले यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय स्थानीय क्लबहरु झनै सक्रिय बन्दै यसरी प्रतियोगिता आयोजना गर्दा खुशी लागेको बताए । उनले क्लबका गतिविधिलाई भौतिक, प्राविधिक क्षेत्रबाट पूर्ण सहयोग रहँदै आएको र रहने प्रतिबद्धता जनाए । सो अवसरमा संघका पूर्व अध्यक्ष एवं क्रिकेट मैदान निर्माण समिति संयोजक समेत रहेका प्रा.डा. वीरेन्द्र सिंह गुरुङ, युनाइटेड गोल्डमार्टका निर्देशक महेन्द्रमान गुभाजु लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष निकेश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन विजय भुजेलले गरेका थिए । प्रतियोगिताको दोस्रो दिन बुधबार समूह बी अन्तर्गतका टीमहरुबीच प्रतिष्पर्धा हुनेछ । पहिलो खेल बिहान ८ बजेदेखि पोखरा क्रिकेट एकेडेमी र अरण्यज्योति क्रिकेट क्लब पोखराबीच हुनेछ । बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी पोखरा पूर्वान्ह ११ बजेदेखि खेल्नेछन् ।
माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टीमको सहभागिता रहेको प्रतियोगिता संयोजक क्लबका उपाध्यक्ष उत्सव शाक्यले बताए । टी–२० फम्र्याटमा सञ्चालित नकआउट प्रतियोगितामा पिन्क बल प्रयोग भएको छ ।
विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७ हजार ५ सय बराबरको क्रिकेट किट् पाउनेछन् भने बेस्ट बलर, बेस्ट ब्याट्सम्यानलाई जनही पाँच हजार साथमा हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने क्लबले जनाएको छ ।
‘दि’ युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक तथा जिल्ला क्रिकेट संघ कास्कीको प्राविधिक सहयोग रहेको छ । प्रतियोगिताको अनलाइन मिडिया पार्टनरमा गण्डक न्युज डटकम रहेको छ ।

सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ