काठमाण्डौ – रियालिटी शो नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत ‘हुन्न हुन्न हुँदै हुन्न’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ।
रोमान्टिक फ्लेवरको यस गीतका शब्द रमेश दहालले लेखेका हुन् भने, टिका दहालले संगीतवद्ध गरेका हुन् । यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा गायक बुद्ध लामा र नायिका मलिका महतको रोमान्स देख्न सकिन्छ। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। नविन निरौलाले कलरिङ र सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।
भिडियो रिलिज संगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ। गीतको कुनै पार्टमा डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट २ जनाले प्रस्तुतिको आधारमा १०/१० हजार पुरुष्कार स्वरूप प्राप्त गर्ने छन्। निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेका छन्।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग