तपाईंलाई तत्काल प्रहरीको सहयोग चाहियो ? अब तपाईंले आफ्नो मोबाइलबाटै घटना विवरण, आँखा अगाडि देखिएका तस्विरसहित प्रहरीलाई सूचना दिन सक्नुहुनेछ ।
प्रहरी प्रधान कार्यालयले प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । ‘नेपाल पुलिस मोबाइल एप’ तीन जिल्लाबाट एकसाथ बिहीबार सार्वजनिक गरिएको हो । गण्डकी प्रदेशमा पहिलोपटक कास्कीमा लञ्च गरिएको छ । कास्कीसँगै मोरङ र ललितपुर जिल्लामा एप सञ्चालन हुनेछ । जिल्ला प्रहरी कर्यालय कास्कीले आज ‘भिडियो कन्फ्रेन्स’ मार्फत पत्रकार सम्मेलन गरी एप लञ्च गरेको छ ।
समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटना तथा सूचनालाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको सो एपले सघाउने विश्वास सहित सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सूचनाको माध्यमका रुपमा एप गण्डकी प्रदेशमै पहिलो पटक शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
‘यो तुरुन्त रेस्पोन्सका लागि प्रभावकारी हुनेछ,’ एसपी श्रेष्ठले भने, ‘कुनै पनि घटना भयो भने त्यहाँको अडियो, फोटो, भिडिओ र त्यससम्बन्धी विवरण लेखी एपबाटै प्रहरीकहाँ सूचना दिन सकिन्छ ।’
नागरिक स्तरबाट प्राप्त हुने सूचनाको श्रोत गोप्य रहने उनको भनाई छ । प्रहरी प्रधान कार्यालयबाटै समेत हेर्न र नियन्त्रण गर्न सकिने उनले जनाए । यसका लागि प्रविधिमा पोख्त टोली खटाइएको पनि श्रेष्ठले जानकारी दिए ।
सर्वसाधारणले घटनाका बारेमा आफू रहेकै स्थानबाट प्रहरीलाई जानकारी गराउन सक्ने र प्रहरी कार्यालयसम्म आउनुपर्ने बाध्यता नहुने भएकाले समयको समेत बचत हुनेछ ।
घरेलु हिंसा, लुटपाट चोरी, ज्यानसम्बन्धी, सवारी दुर्घटना, ठगी, यौनजन्य अपराध, लागुऔषध, मानिस हराएको, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी जानकारीका बारेमा प्रहरीलाई सो माध्यबाट रिर्पोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी नजिकको प्रहरी कार्यालयका सम्पर्क नम्वर, प्रहरी सन्देश तथा समाचार, आपत्कालिन सम्पर्क नम्बर एप्समा समावेश गरिएको छ ।
आइटी विभाग हेर्ने प्रहरी निरीक्षक गजेन्द्र आचार्यले एप प्रयोग विधिबारे जानकारी गराएका थिए । एप एन्ड्रोइड र आइओएस दुबै भर्सनमा उपलब्ध रहेको उनले बताए । गुगल प्लेस्टोरबाट सो एप डाउनलोड गरी सञ्चालन गर्न सकिनेछ ।
एप इन्स्टलका लागि यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?