गण्डक न्युज पोखरा, २४ माघ / दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब क्रिकेट कप २०७४ मा सेमिफाईनल समिकरण पूरा भएको छ । क्वार्टरफाइनल अन्तर्गत दोस्रो दिनको खेलमा अरण्यज्योति क्रिकेट क्लब र राईजिङ क्रिकेट एकेडेमी विजयी बने ।
पोखरा क्रिकेट क्लब (पिसीसी) को आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी खेलमा अरण्यज्योतिले आयोजक जुनियर टोली पोखरा क्रिकेट एकेडेमीलाई चार विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको पीसीएले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा ११७ रनको योगफल तयार पा¥यो । सन्तोष न्यौपानेले ७० रन जोडेपछि एकेडेमीले सन्तोषजनक स्कोर बनायो । विष्णु कुँवरले पनि नौ बलमा १६ रनको योगदान दिँदा नटआउट रहे । देव शाहले ४ रन मात्र जोड्न सके । अरण्यज्योतिका प्रज्वल दाहालले दुई विकेट लिन २४ रन खर्चिए । अब्दुल खालिकले पनि एक विकेट लिनको लागि चार ओभर फालेर ११ रन दिए । कप्तान विधान श्रेष्ठ ८ रनदिदैं १ ओभरमा एक विकेट लिन सफल भए ।
११८ रनको लक्ष्य पछ्याएको अरण्यज्योतिले ६ विकेटको क्षतिमा मात्र एक बल बाँकी रहँदा लक्ष्य भेट्टायो । अन्त्यमा निकै रोमाञ्चक बनेको खेलमा कप्तान विधानको अर्धशतकमा अरण्यज्योति सेमिफाईनलमा पुगेको हो । कप्तान विधान श्रेष्ठले ५० बलमा ६२ रन बनाएपछि जितको आधार तयार भएको थियो । म्यान अफ दि म्याच विधान श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग उपनिर्देशक बलराम क्षत्रीले पुरस्कार प्रदान गरेका थिए । पोखरा एकेडेमीका लागि अर्जुन बुढाथोकी २ विकेट, विजय राउत र सुबास खत्रीले १—१ विकेट लिए ।

बुधबारको दोस्रो खेलमा राईजिङ क्रिकेट एकेडेमीले बौद्ध क्रिकेट क्लब म्याग्दीलाई ५६ रनले हरायो । बुद्धले टस जितेपछि ब्याटिङको निम्तो पाएको राईजिङ क्रिकेटले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १५२ रन जोड्यो । उसका लागि अमृत गुरुङले ३७, अर्जुन श्रेष्ठले २५, दिपेश खत्रीले २२ रन जोडे । बौद्धका विनय घर्तीमगरले २ विकेट र अशोक कार्की तथा सतिश बरुवाले १÷१ विकेट लिए ।
१५३ रनको लक्ष्य पछ्याएको बौद्ध ९६ रनमै अलआउट भयो । २० ओभर खेलेको उसका लागि ऋतिक थापाले ३६ रन जोडे । विनय घर्तीमगरको नाममा १८ रन र अनुप बानियाँले नौ रनको योगदान दिएपनि जितका लागि पर्याप्त बनेन । राईजिङका राजु गुरुङ र दिपेश खत्रीले २÷२ विकेट, अमृत गुरुङले १ विकेट लिए । म्यान अफ दि म्याच राईजिङ क्रिकेट एकेडेमीका अमृत गुरुङ भए ।
अब फाइनल प्रवेशका लागि विहीबार आयोजक पोखरा क्रिकेट क्लब र सांग्रिला क्रिकेट क्लब, पोखराबीच बिहान ८ बजेपछि पहिलो खेल हुनेछ । दोस्रो खेलमा समूह बीका विजेता यी दुई टीम अरण्यज्योति र राईजिङ पूर्वान्ह ११ बजेपछि खेल्नेछन् ।

पहिलो दिनको खेलमा आयोजक पिसीसीले खबरा क्रिकेट क्लब बेनीलाई १८२ रनले पराजित गरेको हो भने दोस्रो खेलमा पोखराको सांग्रिला क्रिकेट क्रिकेट क्लबले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ४४ रनले पराजित ग¥यो । योसँगै पाहुना टोली सबै बाहिरिएका छन् ।
माघ २७ गते फाइनल खेल हुने प्रतियोगिता संयोजक क्लबका उपाध्यक्ष उत्सव शाक्यले बताए । विजेता टीमले नगद ४० हजार, उपविजेताले २० हजार साथमा नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्टलाई समेत पुरस्कृत गरिने अध्यक्ष निकेश श्रेष्ठले जनाए । प्रतियोगिताको अनलाइन पार्टनरमा गण्डकन्युज डटकम रहेको छ ।
तस्विर: पवन लम्साल
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो