कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिकामा ‘एक पालिका एक खेलमैदान’ निर्माण कार्यक्रमअन्तर्गत निर्माण भइरहेको स्थानीय माछापुछ्रे माविको खेलमैदानलाई पुनः डिजाइन गरिने भएको छ ।
उक्त खेलमैदानमा स्तरोन्नतिका क्रममा गलत इञ्जीनियरिङ भएको भन्दै स्थानीय युवाले आवाज उठाएपछि उक्त डिजाइन फेर्न तयार भएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनले युवाहरुले सचेत पालिकावासीको भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा पनि गाउँपालिकाका हरेक गतिविधिमा चासो दिई रचनात्मक सुझाव दिन आग्रहसमेत गरेका थिए । ।
स्थानीय युवाले निर्माण जारी रहेको उक्त स्थानमा चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण छेकिएर दर्शकले प्यारापिटबाट खेलमैदानको केही भाग देख्न नसक्ने अवस्था बन्नेतर्फ सचेत गराउँदै आएका थिए । गाउँपालिकाको गौरवको आयोजना भएकाले थप बिग्रन नदिन आवाज उठाएको स्थानीय सिम्पालीका शिव सुवेदीले बताए ।
उनले भने, “हामीले कसैको विरोध गरेको होइन, गलत काम भइरहेको छ भनेर खबरदारी मात्रै गरेको हो, खबरदारी गर्दागर्दै पनि निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने हाम्रो आवाज थियो ।”
यता पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जीनियर प्रनिश ताम्राकारसहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको आज अवलोकन गरेका थिए । अवलोकनपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने सिलसिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति भएको वडा नं २ का अध्यक्ष चुडामणि अधिकारीले जानकारी दिए । “प्यारापिटमा बसेर हेर्दा सातदेखि १० प्रतिशत मैदान छेकिने रहेछ, त्यो हामीले पनि महसुस ग¥यौँ”, वडाध्यक्ष अधिकारीले भने ।
मैदानको गाउँपालिकाका इञ्जीनियर राजन गौतमले डिजाइन गरेका थिए । मैदान निर्माणका लागि सङ्घीय सरकारको युवा तथा खेलकूद मन्त्रालयबाट रु ५० लाख तथा गाउँपालिकाको रु पाँच लाख बजेट विनियोजन भएको छ । मैदानको उत्तरपट्टि निर्माणकार्य भइरहेको छ । त्सअन्तर्गत बीच भागमा चेञ्जिङरुम तथा कार्यक्रम हल निर्माण जारी थियो ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला