कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिकामा ‘एक पालिका एक खेलमैदान’ निर्माण कार्यक्रमअन्तर्गत निर्माण भइरहेको स्थानीय माछापुछ्रे माविको खेलमैदानलाई पुनः डिजाइन गरिने भएको छ ।
उक्त खेलमैदानमा स्तरोन्नतिका क्रममा गलत इञ्जीनियरिङ भएको भन्दै स्थानीय युवाले आवाज उठाएपछि उक्त डिजाइन फेर्न तयार भएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनले युवाहरुले सचेत पालिकावासीको भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा पनि गाउँपालिकाका हरेक गतिविधिमा चासो दिई रचनात्मक सुझाव दिन आग्रहसमेत गरेका थिए । ।
स्थानीय युवाले निर्माण जारी रहेको उक्त स्थानमा चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण छेकिएर दर्शकले प्यारापिटबाट खेलमैदानको केही भाग देख्न नसक्ने अवस्था बन्नेतर्फ सचेत गराउँदै आएका थिए । गाउँपालिकाको गौरवको आयोजना भएकाले थप बिग्रन नदिन आवाज उठाएको स्थानीय सिम्पालीका शिव सुवेदीले बताए ।
उनले भने, “हामीले कसैको विरोध गरेको होइन, गलत काम भइरहेको छ भनेर खबरदारी मात्रै गरेको हो, खबरदारी गर्दागर्दै पनि निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने हाम्रो आवाज थियो ।”
यता पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जीनियर प्रनिश ताम्राकारसहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको आज अवलोकन गरेका थिए । अवलोकनपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने सिलसिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति भएको वडा नं २ का अध्यक्ष चुडामणि अधिकारीले जानकारी दिए । “प्यारापिटमा बसेर हेर्दा सातदेखि १० प्रतिशत मैदान छेकिने रहेछ, त्यो हामीले पनि महसुस ग¥यौँ”, वडाध्यक्ष अधिकारीले भने ।
मैदानको गाउँपालिकाका इञ्जीनियर राजन गौतमले डिजाइन गरेका थिए । मैदान निर्माणका लागि सङ्घीय सरकारको युवा तथा खेलकूद मन्त्रालयबाट रु ५० लाख तथा गाउँपालिकाको रु पाँच लाख बजेट विनियोजन भएको छ । मैदानको उत्तरपट्टि निर्माणकार्य भइरहेको छ । त्सअन्तर्गत बीच भागमा चेञ्जिङरुम तथा कार्यक्रम हल निर्माण जारी थियो ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा शुक्रबारदेखि कालीगण्डकी गोल्डकप, विजेतालाई ३ लाख
पोखराले पहिलो खेलमा पराजय व्यहोर्दा सुदूरपश्चिमलाई जितको पहिलो स्वाद
डिफेन्डिङ च्याम्पियन लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम रोयल्स ७ विकेटले पराजित
एनपीएलको विजेताले १ करोड ५० लाख पाउने, चौथोलाई समेत पुरस्कारको व्यवस्था
‘पहिले सरकारबाट क्रिकेटमा पुरस्कार आइरहेको थियो अहिले खै के कारणले रोकियो ?’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते