काठमाडौ । कोभिड १९ को विषम परिस्थितिमा होम डेलिभरीलाई व्यवस्थित गर्नका लागि काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवाला सहित बैठक सम्पन्न भएको छ ।
गत बिहिवार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल इ-कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो ।
बैठकले डेलिभरी प्रणाली मार्फत सेवा दिंदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गरि पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौको संयोजक्तमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरिको एक-एक जना अधिकृत प्रतिनिधि सहितको समिती गठन गर्ने निर्णय गरेको छ। सो समितीले ई कमर्स कम्पनीको तर्फबाट राय सुझाव लिएर निर्णय गर्ने समितीका सम्योजक एवं सहायक प्रजिअ जनकराज भट्टले बताए।
बैठकमा ई कमर्स कम्पनीको मागलाई सम्बोधन गर्न जिल्ला प्रसासन कार्यालय काठमाडौमा सम्पन्न बैठकमा ई कमर्स कम्पनी, वाणिज्य, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो।
नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले होम डेलिभरीलाई बिहान ५ बजे देखि बेलुकी ९ बजे सम्म निर्बाध संचालन गर्न दिनुपर्ने र सो कामका कर्मचारी घर कार्यालय आउन जान बाधा नपुर्याउन आग्रह गरेको बताए।
स्वास्थ मन्त्रालयले बालबालिका र ५० बर्ष नाघेका ब्यक्ती घर बाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समुहका ब्यक्ती किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समुहका ब्यक्तीलाई घर बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरिले गर्ने भट्टको तर्क छ।
साथै कन्ट्याक्ट् ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेट भन्दा कम समयमा भौतिक दुरि कायम गरि डेलिभरी गरिने कारण ई कमर्स सुरक्षीत रहने भट्ट बताउँछन् । उनी थप्छन् “यो परिस्थितिमा ई कमर्स कम्पनीले बिजनेस बढाउन भन्दा भिडभाड कम गरि कोनोना नियन्त्रणमा जोड दिएको छ।”
यो विषम परिस्थितिमा उपभोक्ताको आवश्यकता पुर्ती र अर्थतन्त्र चलायमान बनाउन ई कमर्सको भुमिका महत्त्वपूर्ण रहने भट्टले बताए । मन्त्री परिषदको निर्णय बमोजिम अत्यावश्यक बस्तुको ढुवानीमा रोकतोक नलगाउन आग्रह गरेको भट्टले बताए ।
स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डिलिभरी पसलहरुको भिडभाड भन्दा सुरक्षीत हुने तर्क पठाओका संचालक असिममान सिंह बस्न्यातले बैठकमा राखेका थिए । त्यस्तै ई कमर्सले डिजिटल भुक्तानीलाई प्राथमिकता दिने भएकाले नगद कारोबार कम भइ कोरोना सङ्क्रमणको जोखिम कम हुने बस्न्यातले बताए ।
भदौ ११ गते बिना पुर्व सूचना इन्फि स्टोर, ग्यापु मार्केटप्लेस, युजी, फुडमाण्डु, भोजडिल, फुडमारियो, काठमाडौ अर्ग्यानिक, मेट्रो तकारी, सस्तो मेलालगायतका कम्पनीका संचालक एवम् डेलिभरी कर्मचारी गरि ९९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’