गण्डक न्युज पोखरा, २५ माघ / आयोजक पोखरा क्रिकेट क्लब (पिसिसी) र राइजिङ क्रिकेट एकेडेमी पोखरा दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब टी २० क्रिकेट कप २०७४ को फाइनलमा पुगेका छन् । उपाधिका लागि यी दुई टीम शनिबार भिड्ने प्रतियोगिता संयोजक उत्सव शाक्यले जनाए ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाईनलमा आयोजक टोलीले सांग्रिला क्रिकेट क्लबलाई ५५ रनले हराउँदै उपाधि नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिङ थालेको पिसिसीले एक बल बाँकी छँदा ११५ रन जोडेर अल आउट भयो । पिसिसीले मध्यम स्कोर बनाउँदा रिजन प्रजुले ४२, प्रदीप राउतले १५, किशोर महतोले १४ र साहिल कार्कीले १० रनको योगदान दिए । अन्यले दोहोरो अंक जोड्न सकेनन् । सांग्रिलाका समिर सेनले ३, विपिन खत्रीले २ तथा राजु तामाङ, सुदिप पौडेल र शिव सुवेदीले १/१ विकेट लिए ।
११६ रनको लक्ष्य पछ्याएको सांग्रिला ६० रनमै अलआउट भयो । १४.५ ओभरमै सकिएको खेलमा सांग्रिलाका लागि किरण क्षेत्री र विपिन खत्रीले बाहेक दोहोरो अंकको रन जोड्न सकेनन् । किरण १८ बलमा १५ रनमै समेटिए । विपिन ११ बलमा १२ रन जोड्न सके । राजु खनालले ७ रन जोडे । सांग्रिलालाई सस्तैमा समेट्न पिसीसीका प्रदीप राउतले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिए । उनी खेलमा म्यान अफ दि म्याच पनि बने । चन्द्र गुरुङले २ विकेट लिँदा किशोर महतो, दीपेश श्रेष्ठ र रिजन प्रजुले १/१ विकेट लिए । पिसीसीका किशोर महतो र दीपेश श्रेष्ठ राष्ट्रिय यु–१९ टीमका खेलाडी हुन् । म्यान अफ दि म्याच राउतलाई नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले पुरस्कार प्रदान गरे ।
पहिलो खेलमा आयोजक पिसीसीले खबरा क्रिकेट क्लब बेनीलाई १८२ रनले पराजित गरेको हो भने गरेको थियो भने सांग्रिला क्रिकेट क्रिकेट क्लबले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ४४ रनले पराजित ग¥यो ।
विहीबार नै भएको दोस्रो सेमिफाइनल खेलमा राइजिङ क्रिकेट एकेडेमीले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले सहजै हरायो । टस जितेर पहिले ब्याटिङमा उत्रेको अरण्यज्योतिले पुरै ओभर खेल्दै १२९ रन जोड्यो । अर्जुन महतले १९, सन्तोष शर्माले १२ र चुकबहादुर गुरुङ १२ रनमा अविजित रहे । राइजिङका किरण पौडेलले ३ विकेट लिए भने दिपेश खत्री र राजु गुरुङले २/२ विकेट लिए ।
१३० रनको लक्ष्य पछ्याएको राइजिङले मात्र २ विकेटको क्षतिमा ४ बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि दीपेश खत्रीले अविजित ६७ रनको योगदान दिए । खत्रीसँग उत्कृष्ट साझेदारी गरेका अमृत गुरुङ २३ रनमा अविजित रहे । मनोज कोईरालाले १५ रन जोडे । अरण्यज्योतिका सन्नी क्षेत्रीले तीन ओभर फ्याँक्दै २० रन खर्चेर एक विकेट लिए । राइजिङका दीपेश खत्री म्यान अफ दि म्याच बने ।
पहिलो खेलमा अरण्यज्योतिले आयोजक जुनियर टोली पोखरा क्रिकेट एकेडेमीलाई चार विकेटले पराजित गरेको हो भने राइजिङ क्रिकेट एकेडेमीले बौद्ध क्रिकेट क्लब म्याग्दीलाई ५६ रनले हराएको थियो ।
विजेता टीमले नगद ४० हजार, उपविजेताले २० हजार साथमा नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्टलाई समेत पुरस्कृत गरिने अध्यक्ष निकेश श्रेष्ठले जनाए । दि युनाइटेड गोल्डमार्टको मुख्य प्रायोजन रहेको प्रतियोगितामा दर्जनौं प्रायोजक तथा अनलाइन पार्टनरमा गण्डकन्युज डटकम रहेको छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान