तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले मध्यरातमा खसी बोका चोरी गर्दै हिड्ने ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ व्यक्तीहरुमा तनहुँको ऋषिङ गाउँपालिका वडा नं ४ भिरकोट बगैँचा बस्ने १९ वर्षीय सुमन नेपाली, व्यास नगरपालिका वडा नं ४ ट्याङकीडाँडा बस्ने २३ वर्षीय भरत सुनार, व्यास नगरपालिका वडा नं ५ साँगे बस्ने १९ वर्षीय सुमन कुमाल र व्यास नगरपालिका वडा नं १ गल्बुबेशी बस्ने २४ वर्षीय रामचन्द्र पौडेल रहेको प्रहरील जनाएको छ ।
गत बिहिबार बिहान अन्दाजी १:३० बजेको समयमा जिल्लाको व्यास नगरपालिका वडा नं १ मुसेखोला बस्ने ४१ वर्षीय कमल बहादुर लुङगेलीले पालन पोषण गर्दै आएको बाख्रा खोरबाट बोका र पाठी चोरी भएको जानकारी प्रहरीलाई टेलिफोन मार्फत जानकारी प्राप्त भएको थियो ।
सुचना प्राप्त हुनासाथ घटना स्थान तथा चोरी गरी भाग्ने उम्कने बाटो समेतमा खोजतलास गर्दै गर्दा चोरी भएका बाख्रा बेचबिखन गर्नको लागी लैजादै गरेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई चोरी भएको खसीसहित फेला पारेकोले र चारै जनालाई कानून बमोजिम पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको थियो ।
चोरी मुद्दामा म्याद थप अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना जानकारी दिए ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’