गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो २० औ शाखा पोखरा न्यूरोडमा बिस्तार गरेको छ । फाइनान्सका गण्डकी प्रदेश कार्यालयका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमका अनुसार न्यूरोड पोखरामा शुरु भएको यो २० औं शाखाको सुरुवात पछि संस्थाको देशभर २० वटा शाखा र २ वटा एक्सटेनसन काउन्टरहरु संचालनमा आएका छन ।
यस वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा रु. १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन रु. ५ अर्ब १३ करोड तथा कर्जा लगानी रु. ३ अर्ब ७९ करोड प्रवाह भएको छ भने कुल नाफा रु. ९ करोड ६६ लाख रहेको छ ।
हरिहरभवन, ललितपुरमा प्रधान कार्यालय रहेको संस्थाको प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर छन । बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर, ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेको बताइएको छ ।
संस्थाले सम्पुर्ण बैंकिङ्गसगैं एटिएम,एसएमएस,ई बैंकिङ्ग , ईसिसि,आइपिएस,मोबाइल बैंकिङ्ग,लकर सुविधा,टपअप सुबिधा,विभिन्न विप्रेषन सेवा प्रदान गरिरहेको छ । साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो