बाग्लुङ – बाग्लुङको ढोरपाटनमा बाढीबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले नगद ५० हजार राहत उपलब्ध गराएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको एक टोलीले ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार आएको बाढीका कारण ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले राहत उपलब्ध गराएको हो ।
टोलीले बाढीमा बाँच्न सफल भएका तर, घर गुमाएर विस्थापित भएकाहरुलाई समेत टेन्ट, म्याट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामाग्री लगायत अन्य राहत सामाग्री पनि हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री गुरुङ सहितको टोली आज नै पोखराबाट राहत सामाग्री बोकेर हेलीकप्टर मार्फत घटनास्थल पुगेको थियो । राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले यो तत्कालको राहत भएको र अरु धेरै काम प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए । उनले बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि पालिका र संघको सहयोगमा तत्काल १ लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए ।

गुरुङका अनुसार स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्नेछ । “बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता हामी साकार पार्नेछौं । गुरुङले भने ।”
भुजीखोलाको किनार आफैंमा जोखिमपूर्ण ठाउँ रहेकाले बाढी विस्थापितहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राख्ने र, यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व नगर्ने गुरुङको प्रतिक्रिया थियो ।
बाढी गएकै दिन घटनास्थल पुगेर पीडितलाई राहत उपलब्ध गराउने चाहना भएपनि मौसमी प्रतिकूलता बाधक बनेकोमा प्रदेश सरकारले क्षमायाचना समेत गरेको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा