बाग्लुङ पहिरो अपडेट: मृत्यु हुनेको संख्या १९ पुग्यो, १९ जना अझै बेपत्ता

बाग्लुङ पहिरो अपडेट: मृत्यु हुनेको संख्या १९ पुग्यो, १९ जना अझै बेपत्ता

baglung-dhorpatan-badhi-pahiro

तस्विर : शिव संगम केसी

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको हो। बुधबार गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुर स्थित बडिगाड खोलाको किनारमा ३२ वर्षीया चनी विकको शव फेला परेको हो।

बडिगाड गाउँपालिका–६ खाला बजार छेउको खोला किनारमा २८ वर्षीया कुमारी विकको शव बुधबार फेला परेको थियो। उनीहरुको शव पोष्टमार्टम गरेर बिहिबार परिवारको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले बताए। बाढीपहिरोमा १९ जना अझै बेपत्ता छन्। मृत्यु भएकामध्ये १७ जनाको यसअघि नै दाहसंस्कार भैसकेको छ। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ