गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियो ‘साइँली’बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन् नै साथमा यस गीतले उनीहरूलाई अर्कै उचाइ दियो । दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिएका छन् ।
‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन् । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीले दिएको माया दिलाउने अनुमान गर्न सकिन्छ ।
गीत रमेश कार्कीले लेखेका हुन् भने सङ्गीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् ।
भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
सम्बन्धित खबर
मनसरा : मिश्रित समाजको कथा
गायिका एलिना चौहानले कसिन् लगनगाँठो
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
‘महाजात्रालाई १० मा ९.५ नम्बर दिन्छु’ : अध्यक्ष ओली
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग