विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ । यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको छ । हिन्दु धर्ममा प्रायः मानिसहरू एकै गोत्रमा विवाह गर्न उचित मान्दैनन् ।
शास्त्रअनुसार ऋषि विश्वामित्र, जमदग्नि, भारद्धाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप र अगस्त्य गरी आठ ऋषि गोत्र सम्बन्धित हुन्छन् । यदि कोही व्यक्ति भारद्धाज गोत्र भएमा उसको पिढी ऋषि भारद्धाजसँग सम्बन्धित हुन्छन् । अर्थात ती व्यक्ति भारद्धाज ऋषिका सन्तान हुन् ।
यदि कोही दुई जना एक गोत्र हुनुको अर्थ दुवै जना एकै मूलका र एकै कुल वंशका हुन् । दुवैबीच पारिवारिक नाता हुन्छ ।उसो त एकै गोत्रमा विवाह गर्नुको कुनै अर्थ हुँदैन किनकि एकै गोत्रको केटा र केटी एक अर्काका भाईबहिनी हुन्छन् । एकै कुलका वा एकै गोत्रमा विवाह गर्दा मानिसहरूले जीवनमा केही समस्याको सामना गनुपर्छ ।
विवाहपछि हुनेवाला बच्चामा पनि कुनै अवगुण आउँछ । यो कुरा आध्यात्माले मात्र नभएर विज्ञानले पनि भन्छ ।विज्ञानका अनुसार एकै कुल वा गोत्रमा विवाह गर्नबाट बच्नुपर्छ । भविष्यमा हुने सन्तानको आनुवांशिक दोष बचाउनको लागि आफ्नो वंश वा गोत्रभन्दा बाहिरको हुनु अत्यन्त्यै आवश्यक हुन्छ ।
मानिसहरू सधै तीन गोत्रलाई छाडेर विवाह गर्नुपर्छ । यसमा सबैभन्दा पहिले आफू कुन गोत्र हो त्यसको ख्याल गर्नुपर्छ । दोस्रो आमाको गोत्र मामाघरको० र तेस्रो हजुरआमाको गोत्रमा ध्यान दिनुपर्छ । सदियौदेखि आजसम्म हिन्दु धर्ममा यी रितीको पालन गरीरहेका छौं । जसलाई विज्ञानको दृष्टिले पनि सही मानेको छ ।
सम्बन्धित खबर
आज महावीर जयन्ती मनाइँदै
आज रामनवमी पर्व मनाइँदै
आज चैते दशैँ मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
मुस्लिम समुदायले इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु
आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग