विवाहको सम्बन्धमा हरेक समाज वा धर्मको आफ्नै नियम छ । यो नियमको हजारौं वर्ष देखि पालन हुँदै आएको छ । हिन्दु धर्ममा प्रायः मानिसहरू एकै गोत्रमा विवाह गर्न उचित मान्दैनन् ।
शास्त्रअनुसार ऋषि विश्वामित्र, जमदग्नि, भारद्धाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप र अगस्त्य गरी आठ ऋषि गोत्र सम्बन्धित हुन्छन् । यदि कोही व्यक्ति भारद्धाज गोत्र भएमा उसको पिढी ऋषि भारद्धाजसँग सम्बन्धित हुन्छन् । अर्थात ती व्यक्ति भारद्धाज ऋषिका सन्तान हुन् ।
यदि कोही दुई जना एक गोत्र हुनुको अर्थ दुवै जना एकै मूलका र एकै कुल वंशका हुन् । दुवैबीच पारिवारिक नाता हुन्छ ।उसो त एकै गोत्रमा विवाह गर्नुको कुनै अर्थ हुँदैन किनकि एकै गोत्रको केटा र केटी एक अर्काका भाईबहिनी हुन्छन् । एकै कुलका वा एकै गोत्रमा विवाह गर्दा मानिसहरूले जीवनमा केही समस्याको सामना गनुपर्छ ।
विवाहपछि हुनेवाला बच्चामा पनि कुनै अवगुण आउँछ । यो कुरा आध्यात्माले मात्र नभएर विज्ञानले पनि भन्छ ।विज्ञानका अनुसार एकै कुल वा गोत्रमा विवाह गर्नबाट बच्नुपर्छ । भविष्यमा हुने सन्तानको आनुवांशिक दोष बचाउनको लागि आफ्नो वंश वा गोत्रभन्दा बाहिरको हुनु अत्यन्त्यै आवश्यक हुन्छ ।
मानिसहरू सधै तीन गोत्रलाई छाडेर विवाह गर्नुपर्छ । यसमा सबैभन्दा पहिले आफू कुन गोत्र हो त्यसको ख्याल गर्नुपर्छ । दोस्रो आमाको गोत्र मामाघरको० र तेस्रो हजुरआमाको गोत्रमा ध्यान दिनुपर्छ । सदियौदेखि आजसम्म हिन्दु धर्ममा यी रितीको पालन गरीरहेका छौं । जसलाई विज्ञानको दृष्टिले पनि सही मानेको छ ।
सम्बन्धित खबर
साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो
आज असार १५ : दही चिउरा खाने दिन
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन