कोरोना संक्रमण फैलिन नदिन सरकारले गत बर्ष चैत्र ११ गते देखी लकडाउन गरेपछि बन्द रहेको शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले सुरक्षित भएर व्यवसाय सञ्चालन गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको छ ।
६ महिना लामो लकडाउन पछि अहिले अधिकांश व्यवसायहरु सञ्चालन भईसकेको अवस्थामा शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले सरकाले लागु गरेको सुरक्षाका मापण्ड पुरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीको छ ।
यस्तै वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श अनलाइनमार्फत नै धेरै काम हुने भएकाले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने आफूहरुको माग रहेको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले बताए ।
शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनमा जाने विद्यार्थीले लिने अध्ययन अनुमतीपत्र अनलाइन मार्फत जारी गर्न शुरु गरिएको, अध्यागमन विभाग, दुतावास, भि एफ एस लगायत सवै खुलेकाले विद्यार्थीको सहजीकरणका लागि व्यवसाय सञ्चालन गर्नुपर्ने सचिव रुद्रप्रसाद अर्यालले बताए ।
सम्बन्धित खबर
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग