भारतको आन्ध्र प्रदेशमा चोरीको निकै रोचक घटना भएको छ । यहाँ चोरी गर्नको लागि एउटा घरभित्र पसेका चोर घरभित्र एसीको शितल हावाका कारण त्यहीँ निदाए । उनी ब्यूँझिँदा आफू पुलिसको फन्दामा परिसकेको थाहा पाएका थिए । भारतीय संचारमाध्यमका अनुसार गोदावरी जिल्लाको गोकवारममा २१ वर्षका सूरी बाबु त्यहाँका सत्ती भेंकट रेड्डीको घरमा चोरी गर्न गएका थिए ।
भेंकट रेड्डी त्यहाँ पेट्रोल पम्प चलाउँछन् । उनको घरमा ठूलो रकम भएको अनुमानमा चोरी गर्न गएका सूरी बाबु एयर कण्डिशनरको शितल हावाको अगाडि टिक्न सकेनन् र त्यहीँ निदाए । सूरीले पुलिसलाई बताएअनुसार उनले विगत केही दिनदेखि घर मालिकको दिनचर्यालाई नियालिरहेका थिए । चोरी गर्न उपयुक्त समयको पहिचान गरेर सूरी १२ सेप्टेम्बरमा बिहान ४ बजे घरमा पसेका थिए । घरभित्र गएर उनी घरमालिक भेंकट रेड्डीको कोठामा गए ।
सूरी बाबुले पुलिसलाई बताएअनुसार उनी अघिल्लो दिन दिनभरी काम गरेर थाकेका थिए र एसीको शितल हावा पाएपछि उनलाई निद्रा लाग्यो । उनले घरमालिक रेड्डीको बेडमुनि नै केही बेर आराम गर्ने सोचे । तर, उनी निदाएपछि जोडले घुर्न थाले जसका कारण घर मालिकको निद्रा खुल्यो । घर मालिक भेंकट रेड्डीले बाहिर निस्किएर कोठाको ढोका बाहिरबाट बन्द गरिदिए । उनले पुलिसलाई फोन गरे र बिहान करिब साढे ७ बजे पुलिस आएर सूरीलाई ब्यूँझाएर गिरफ्तार गरेको थियो । सोधपुछमा सुरीले आफू मिठाइ पसलमा काम गर्ने र लकडाउनका कारण आर्थिक अभाव भएपछि पहिलो पटक चोरी गर्न लागेको बताएका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?