सुगाले ‘रामराम’ बोल्न सिकेको, परिवारका सदस्यसँग सामान्य कुराकानी गरेको सुन्नु नै भएको होला । तर सुगाले यूट्युब भिडियो हेर्छ भनेको सुन्दा पत्याउनुहुन्छ रु पत्याउन गाह्रो पर्ला । सुगाले आफैं यूट्युब चलाउन सक्छ ? सक्दैन भन्ने जवाफ नै आउला ।
भारतको बिहारस्थित कटिहार जिल्लामा अनौठो सुगा छ, जसले आफ्नो मुखको चुच्चोले यूट्युब खोलेर हेर्ने समेत गर्छ ।
मोबाइलमा रमाउने त्यो सुगा यूट्युब हेर्न पाए मख्ख पर्छ भने नपाए हैरान हुन्छ । कटिहारीको नयाँ टोलमा बस्ने राजेशकुमार बर्माको घरमा रहेको सुगाको नाम मिट्ठू हो । यो घरका सदस्यसँग कुराकानी गर्ने, खेल्नेदेखि यूट्युबमा मन पर्ने भिडियो खोजेर हेर्छ ।
यूट्युबमा त्यो सुगालाई यस्तो बानी परेको छ कि त्यो मोबाइल विना बस्नै सक्दैन । सुगा स्मार्ट फोनलाई आफ्नो मुखको चुच्चोले खोल्छ । आफैं मोबाइलमा मन पर्ने भिडियो लगाएर हेर्छ । त्यो सुगा यूट्युबमा सुगा सम्बन्धी भिडियो नै बढी हेर्ने बानी परेको छ ।
घरका मान्छेले मिट्ठूलाई बच्चा जस्तै पालेका छन्, त्यो परिवारको सदस्य जस्तै छ । परिवारका सदस्यले यसलाई चम्चाले खाना खुवाउँछन् । मिट्ठूलाई एकपल्ट देखेका मान्छे यसको प्रशंसा गर्छन् ।
परिवारका अनुसार मिट्ठूले कुनै अशुभ घटनाबारे समेत पहिल्यै जानकारी दिने गरेको छ । स्थानीयहरू भन्छन् कि डिजिटल युगमा मान्छे मात्रै नभई पशुपन्छी समेत प्रविधिमैत्री हुन थालेका छन् ।
(आजतक अनलाइनबाट)
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर