पोखरा जेसीजले आमामी असोज ११ देखि १७ गतेसम्म सप्ताहव्यापी ‘जेसिज सप्ताह–२०२०’ कार्यक्रम आयोजना गर्ने भएको छ । “असल समाजका लागि युवा नेतृत्व” भन्ने मुल नाराका साथ समाजमा सकारात्मक सुचना सम्प्रेषण गर्नका कार्यक्रम आयोजना गर्न लागेको जेसीका अध्यक्ष शिव प्रसाद सापकोटाले बताएका छन् । उनले भने, ‘जेसिजले स्थापनाकाल देखिनै समाज विकासका विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।’
यस संस्था सन् १९७५ मा स्थापित भई स्थापनाकाल देखिनै युवा वर्गलाई लक्षित गर्दै विभिन्न प्रशिक्षण,अभ्यास तथा सामाजिक कार्यहरु सम्पन्न गरेको छ । युवा वर्गलाई सकरात्मक सोचको विकास संगै युवाहरुमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन अवसर सृर्जना गरी छुट्टै पहिचान स्थापित गराउन सफल भएको छ । कोरोना संक्रमणको समयमा रगतको अभाव हुन नदिनु, जनचेतना फैलाउनु तथा युवा वर्गको उत्तरदायित्व बुझाउने कार्यक्रमको उदेश्य रहेको छ । सप्ताहव्यापी रहेका छन् ।
कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरीएको छ । यस्तै दोस्रो दिन पोखरामहानगमा उद्धार गरिएका बालबालिकालाई लक्षित गर्दै अन्नपुर्ण गाउँपालिका लेवाडेमा स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्तरण गरिने छ । त्यस्तै तेश्रो, चौथो, पाचौ, छैटौं र सातै दिन क्रमश विधार्थीलाई लक्षित गर्दै कोरोना भाइरस सचेतना तथा सुरक्षा सामग्री हस्तान्तरण, महिला लक्षित गर्दै महिला स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड बनाउने तालिम त्यसतै खाध सामाग्री तथा युवा लक्षित कार्यक्रम, खाद्य सामाग्री तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम, गण्डकी युवा वक्ता, युवा उद्यमशिलता विकास विषयक परामर्श कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक मिनराज खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

पत्रकार सम्मेलनमाा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कार्यक्रमका संयोजकमा मोहन प्रसाद अधिकारी, सुदिप सापकोटा, कपिल पौडेल लगायत बोलेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु