गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ६ सय ७३ पुगेको छ । पोखरामा १७ जनासहित प्रदेशमा आज २८ जना थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विज्ञप्ती अनुसार पोखराका ७ सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी १३ जना कोरोना संक्रमित थपिएका छन ।
अनुसार निर्देशनालयमा कार्यरत ३ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयमा कार्यरत ५३ र ५७ वर्षीय पुरुष र डव्लु.एच ओ आइपिडीमा कार्यरत एक ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षिय पुरुष, पोखरा १० का २१ वर्षका पुरुष तथा १९ र ४४ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
तनहुँ भिमाद १ का भारतवाट आएका १७ र ३६ वर्षका पुरुष, पोखरा स्थित चरक मेमोरियलमा उपचाररत व्यास ११ का १६ वर्षीय पुरुष, लमजुङ कोल्होसोथार ३ का २१ वर्षीय पुरुष, वेसीसहर ८ का २९ वर्षका पुरुष र वेसीसहरकै ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसअघि, पोखराका १० जना सहित गण्डकी प्रदेशमा १५ जनामा बिहानै कोरोना सक्रमण पुष्टि भएको छ । पहिलो विज्ञप्ती अनुसार कास्कीको पोखरा सहित ४ जिल्लाका थप १५ जनामा कोरोना पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत पोखरा ४ का ४५ र ४७ वर्षीय २ प्रहरीमा कोरोना पुष्टि भएको छ । त्यसैगरी नवलपुर राष्ट्रिय वाणिज्य वैंक गैंडाकोटा शाखामा कार्यरत पोखरा ६ की २६ वर्षीया महिला, स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कार्यरत पोखरा १० का ४७ वर्षीय पुरुष, पोखरा १३ की ५४ वर्षीया महिला, पोखरा १४ का २७ र ४३ वर्षीय पुरुष, पोखरा १५ का २० वर्षीय पुरुष र ३५ वर्षीया महिला र पोखरा १६ का २५ वर्षीय पुरुषमा समेत कोरोना सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
तनहुँ शुक्लागण्डकी २ का २५ वर्षीय पुरुष, तनहुँ भानु २ का २६ वर्षीय पुरुष र नेपाल प्रहरीमा कार्यरत मनाङ चामेका ३१ वर्षीय पुरुष, लमजुङको दुधपोखरी ६ का २५ वर्षीय पुरुष तथा राइनाशका ६ का ४० वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो