पोखरा । गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको सोमबार जारी पहिलो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत स्याङ्जाका १ जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँका ब्यास नगरपालिका १ का २ जना पुरुष, २ का १ जना महिला, ३ का १ महिला र १ पुरुष, ७ का १ पुरुष, १० र १३ का १र१ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै लमजुङको राइनासका ४ का ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा कावासोती ३ का १० वर्षीय बालक सहित १६ का ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । जिल्लाको देवचुली १७ का ५२ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोट २ का २५ र ३८ वर्षीय पुरुष तथा ८ का २८ र ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यस्तै गोरखा जिल्लाको सहिद लखनथापा १ का ५३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३७९५ पुगेको छ ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’